न्यूयोर्कमा अवस्था पुनः खराब, एकै दिन ७३१ जनाको मृत्यु

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:२९

अमेरिकामा कोरोना भाइरस महामारीको इपिसेन्टर न्यूयोर्कमा अवस्था अहिलेसम्मकै खराब देखिएको छ। मंगलबार एकै दिन न्यूयोर्कमा महामारी फैलिए यताकै सबैभन्दा धेरै व्यक्तिको नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु भएको छ । मंगलबार एकै दिन न्यूयोर्कमा कोरोना भाइरसबाट संक्रमित भएका ७३१ जनाको मृत्यु भएको हो ।

योसँगै न्यूयोर्कमा अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको छ । यस्तै संक्रमितको संख्या पनि राज्यमा एक लाख ३८ हजार ८३६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*