यूएईका नागरिकसरह नेपाली श्रमिकले उपचार पाउने

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स ९यूएई०का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो । युवराज शेखले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमान्दार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*