विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लियो, अमेरिकी सहयोग रोकिन सक्छ – ट्रम्प

जनपत्र
२६ चैत्र २०७६, बुधबार ०७:१४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिदै सहयोग रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको आरोप लगाउदै अमेरिकाले गर्दै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका छन् ।

उनले भने – ‘मैले अहिले नै रोकिहाल्ने भनेको छैन तर यस बारेमा अवश्य हेर्दै छु ।’ ट्रम्पले कोरोनासँग सम्बन्धित विषयमा विश्व स्वास्थ्य संगठनले धेरै गल्ति गरेको आरोप लगाउदै आफुले चीनको यात्रामा प्रतिबन्ध लगाउने विषयको विरोध गरेको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*