कोरोनाबाट एकैदिन मर्नेको संख्या अहिलेसम्मकै उच्च, ७३ सय बढीको मृत्यु
कोरोना भाइरस ‘कोभिड-१९’ बाट एकैदिन विश्वभर मनेको संख्या मंगलबार सबैभन्न उच्च देखिएको छ। मंगलबार एकैदिन विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ हजार ३ सय २४ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्वभर ७९ हजार ८ सय ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
मंगलबार सबैभन्दा बढीको मृत्यु र नयाँ संक्रमित अमेरिकामा थपिएका छन्। अमेरिकामा मंगलबार कोरोना भाइरसको संक्रमणबाट १ हजार ८ सय २५ जनाको मृत्यु भएको छ भने २८ हजार ७ सय ३५ नयाँ बिरामी थपिएका छन्। स्पेनमा मंगलबार ५ हजार २ सय ६७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही दिन स्पेनमा कोरोनाका कारण ७ सय ४ जनाले ज्यान गुमाएका छन्। इटालीमा मंगलबार कोरोना संक्रमणबाट ६ सय ४ जनाको मृत्यु भएको छ, जहाँ ३ हजार ३९ जना नयाँ बिरामी देखिएका थिए।
फ्रान्समा मंगलबार कोरोनाका ११ हजार ५९ नयाँ बिरामी थपिएकोमा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ। जर्मनीमा सोही दिन ४ हजार २ सय ८८ जना कोरोनाका नयाँ बिरामी अस्पताल पुगेका थिए। मंगलबार जर्मनीमा कोरोनाका कारण २ सय ६ जनाको मृत्यु भएको छ। इरानमा मंगलबार कोरोना संक्रमणक कारण १ सय ३३ जनाको मृत्यु भएको छ। सोही दिन इरानमा २ हजार ८९ जना नयाँ बिरामी थपिएका छन्। बेलायतमा मंगलबार कोरोना संक्रमणबाट मर्नेको संख्या ७ सय ८६ छ। बेलायतमा सोही दिन ३ हजार ६ सय ३४ कोरोनाका नयाँ संक्रमित देखिएका छन्।
टर्कीमा मंगलबार ३ हजार ८ सय ९२ कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन टर्कीमा कोरोना कारण ७६ जनाको मृत्यु भएको छ। स्वीट्जरल्याण्डमा मंगलबार ५ सय ९६ जना नयाँ बिरामी थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोना कारण मंगलबार ४ सय ३ जनाले ज्यान गुमाएका छन् जहाँ सोही दिन १ हजार ३ सय ८० बिरामी थपिएका छन्।
नेदरल्याण्ड्समा मंगलबार ७ सय ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। मंगलबार त्यहाँ कोरोनाका कारण २ सय ३४ जनाको मृत्यु भएको छ। क्यानडामा मंगलबार १ हजार २ सय ३० जना नयाँ बिरामी थपिएका छन्। सोही दिन क्यानडामा ५८ जनाको मृत्युको कारण कोरोना संक्रमण बन्यो। ब्राजिलमा मंगलबार १ हजार ८ सय ५१ जना नयाँ बिरामी थपिएका छन्, जहाँ सोही दिन कोरोनाका कारण १ सय २२ जनाको मृत्यु भएको छ।
भारतमा मंगलबार ५ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन भारतमा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन्। बाँकीको मृत्यु् र नयाँ बिरामी अन्य देशमा थपिएका छन्। नेपालन्युजबाट