अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
मेरिकामा कोरोना भाइरस ९कोभिड–१९० को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । कोरोना नेपाल लाईभको तथ्यांक अनुसार यो समाचार तयार पार्दसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार आठ सय ७१ पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ४७ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार छ सया ७१ संक्रमित निको भइसकेका छन् ।





