कनिकापछि बलिउडका यी दुई अभिनेत्रीलाई कोरोना
बलिउड गायिका कनिका कपुर छैटौं टेस्टमा नेगेटिभ आएपछि कोरोनाभाइरस उपचारबाट बिदा पाएर घरमा पुगेकी छिन् । त, अब बलिउडमा अर्को झट्का लागेको छ । सोमबार बलिउडका दुई कलाकारलाई कोरोना भाइरस संक्रमण देखिएको हो । फिल्म निर्मार्ता करिम मोरानीका दुई छोरी शाजिया मोरानी र जोआ मोरानीलाई पनि कोरोना भाइरस संक्रमण देखिएको हो ।
यी दुवैको अस्पतालमा उपचार भइरहेको करिमले बम्बे टाइम्ससँगको कुराकानीमा बताएकी छिन् । अनि उनीहरुको घर पनि अहिले सिल गरिएको छ । जोआ मोरानी शाहरुख खानको फिल्म अल्वेज कभी कभीमा काम गरेर बलिउडमा पाइला चालेकी थिइन् । उनी बेवसिरिज भूतपूर्वमा पनि देखिएकी थिइन् । जोआले ओम शान्ति ओम भन्ने फिल्ममा सह निर्देशकको भूमिका पनि निर्वाह गरेकी थिइन् ।






