अमेरिकामा कोरोनाको संक्रमण उच्चविन्दूमा, एकै दिन सबैभन्दा बढी संक्रमित र मृतक

जनपत्र
२५ चैत्र २०७६, मंगलवार ०७:०८

कोरोना भाइरस ‘कोभिड–१९’ ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । अमेरिकामा दिनानुदिन संक्रमित र मृतक बढ्दै गएका छन् । सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका छन् । त्यसैगरी मृतक एकै दिन १ हजार २५२ जना भएका छन् ।

संक्रमितको संख्या ३ लाख ६६ हजार ९०६ पुगेको छ । मृतकको संख्या १० हजार ८६८ पुगेको छ । अस्पतालमा ८ हजार ८७८ जनाको स्वास्थ्य गम्भीर रहेको छ । संक्रमणको तुलनामा निको भएर घर फर्कनेको संख्या न्यून रहेको छ । अमेरिकामा १९ हजार ६५६ जनामात्रै निको भएका छन् ।

अन्य देशहरुको तुलनामा अमेरिकामा कोरोनाको असर तीव्र गतिमा परेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अप्रिल महिना अत्यन्तै पीडादायी हुने बताइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*