मकवानपुरको कैलाशमा राहतको नाममा कोरोना भित्रन नदिऔं
मकवानपुरको कैलास गाउँपालिकाका नागरिकले खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाफुल, सिफ्लिगान, केराकोबुंगा, बनतरुल, पेडालु, सिमल तरुल, पुतलीतरुल, चुईया र यस्तै अन्य नानाथरी प्रकृतिले उपलब्ध गरेको मौसमी चीजबीज खाएर बाचिरहेका छन् ।
हामी नेपालीलाई बनमान्छे देख्ने र दयाको पात्र सम्झने आफुले आफुलाई भगवान बनिदेखाउन सेतो चामलको बोरा बाड्न आउनेहरु माथी नै कोभिड १९ ) को भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यति खेर नै हो हामी हामी बीचमै सहयोग आदनप्रदान गर्न सक्छ । जे छ बाँडेर खाना सक्छ । यो संकटको बेलामा वल्लो पल्लो घरबाट अईचोपैचो चलाउ जिउदाको जन्ति मर्दाको मलामी तपाईं हामी नै हौं ।
होसियार सेतो चामलको राहतको पोको संगै कोरोना आउन सक्छ । बाड्न आउनेले कोरोना सार्न सक्छ । तिनै कन्दमूल खाएर बाचेका हाम्रा पुर्खाहरु हुन हामी किन नबाच्ला त ? यो लक डाउनको अवधिमा खाना नपाई कोई मर्न नदिने सरकारले योजना बनाईसकेको छ, ढुक्का हुनुहोस । कैलाश गाउँपालिकाले पनि आफ्ना नागरिकका लागि काम गरिरहेको छ ।
कस्को घरमा चुलो बल्न बन्द हुन लाग्यो छातीमा हात राखेर नढाटीकन स्थानीय सरकारलाई खवर दिई सहयोग गर्नु होला हामी स्थानीय सरकार त्यहा पुग्छौ, राहत बाँड्न तयार छौं। नोबेल कोराना भाइरस बिरुद्धको यो महायुद्धमा हाम्रो सेतो बस्त्रधारी सेना सिंगो मानव समाज जोगाउन लडिरहेको छ तपाईले तपाईको ठाउबाट सकेसम्मको सहयोग गर्नु होला लक डाउनको अवधिमा तोकिएको शर्तहरु पालना गरिदिनु होला । यो विषम परिस्थितिमा कोही पनि नआत्तिन र नमात्तिन म बिनम्र अनुरोध गर्दछु ।
मानव समुदायमाझ बिश्वब्यापी रुपमा संकट श्रृजना गरिरहेको नोबेल कोरोना भाईरस संक्रमण लाई रोक्न कैलाश गाउपालिकाले बिदेश तथा बाहिरबाट आउने नागरिक र गाउँपालिका भित्रका रुघा, खोकी, ज्वरो लागायत अन्य किसिमका बिरामीहरुको स्वस्थ अवस्थाको चेकजाँच गर्न विभिन्न ठाउमा हेल्थ डेस्क संचालन गर्ने निर्णय भएतापनि सामान्य चेकजाँच बाहेकको अभावमा सो कार्य हुन सकिरहेको थिएन । विभिन्न बजारमा खोजी गर्दा र संघ–संस्था, प्रदेश तथा केन्द्र सरकार सम्म सम्पर्क राख्दा पनि उपलब्ध हुन सकिरहेको थिएन ।
यसै क्रममा गोरखापत्रका मकवानपुर सम्पादाता शिवकुमार काशीसंग गुनासो राख्ने क्रममा उहाँकै समन्वयबाट समाजसेवी आत्मिय दाज्यु अञ्जन पौडेलले एक थान उपब्ध गराउने भने पछि हामी आज बिहान उहाँकै निवास चितवन पर्सा पुगी एक थान बुझि ल्यायौ र आजेै बाट नामटारमा हेल्थ डेस्क संचालन भई चेकजाँच पछिको लगत राख्ने काम शुरु भएको छ । यो विषम परिस्थितिमा कैलाश गाउँपालिकावासीको स्वस्थ्य लाई ख्याल राख्दै हामीलाई सहयोग गर्नु भएकोमा दाज्यु अञ्जन पौडेल लाई गाउँपालिकाको तर्फबाट हृदय देखि धन्यबाद तथा आभार प्रकट गर्दछु । कोरोना र भोकमरी विरुद्धको अभियानमा हामी लागेका छौं ।