मुम्बईको ‘स्लम बस्ती’ सम्म पुग्यो कोरोना, भारत सरकार सशंकित !

जनपत्र
२१ चैत्र २०७६, शुक्रबार ०७:४१

छिमेकी मुलुक भारतमा तिब्र गतिमा कोरोनाको संक्रमण फैलिन थालेको छ । पछिल्ला केहि दिनमा नै एक हजारभन्दा बढी संक्रमण पुष्टि भएपछि भारतमा कोरोनाले ठुलो रुप लिन सक्ने अनुमान गरिएको छ । यसैबीच एशियाकै ठुलो झोपडपट्टी रहेको मुम्बईको धरावी बस्तीमा कोरोनाको संक्रमण फैलिने खतरा देखिएको छ । ५२० एकडमा फैलिएको यस बस्तीमा करिब १० लाखको बसोबास रहेको बताइएको छ ।

सन १८९६ मा विश्वभर प्लेगको महामारी फैलिदा पनि यस बस्तीमा ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको बताईन्छ । अहिले यसै बस्तीका एक ५६ बर्षिय व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि प्राशासनमा मात्र होइन भारत सरकारमै हडकम्प मच्चिएको छ । विहिबार थप एक जना यसै बस्तीका सरसफाईकर्मी ५२ बर्षिय व्यक्तिमा क्रोना संक्रमण पुष्टि भएको छ ।

अहिले प्रशासन यस क्षेत्रमा व्यापक रुपमा स्यानिटाइज गर्ने काममा जुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस बस्तीका अहिलेसम्म २ लाख मानिसको सर्वे गरिएको र उनीहरुबीचका संकास्पद ९० जनाको परिक्षण गरिएकोमा सबैको टेस्ट निगेटिभ आएको बताइएको छ । बितिशकालमा सन १८८४ मा बसाइएको यो बस्ती एशियाकै ठुलो स्लम बस्तीको रुपमा चर्चित रहेको छ । यस बस्तीमा फ्याक्ट्री र अन्य ठाउमा काम गर्ने मजदुरहरु बस्ने गर्दछन् ।

यस बस्तीमा कोरोनाको संक्रमण फैलिमा नियन्त्रण गर्न निकै मुश्किल हुने र ठुलो संख्यामा मानिसको ज्यान जानसक्ने आशंकाले अहिले माहोल त्रसित बनेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट २५ सय ११ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६९ पुगेको आजतकले जनाएको छ । अहिलेसम्म १८८ जना ठिक भएका छन् ।खरिबोटबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*