भारतमा कोरोनाबाट एकैदिन २३ जनाको मृत्यु, संक्रमित संख्या दुई हजार पुग्यो

जनपत्र
२० चैत्र २०७६, बिहीबार ०७:३१

कोरोना भाइरसबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै बुधबार एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको खोजी गर्न भारतले तीव्ररुपमा परीक्षण सुरु गरेको छ। यसैकारण बुधबार यति धेरैको संख्यामा संक्रमित भेटिएका हुन्। यसको रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लकडाउन घोषणा गरेको छ। त्यस्तै सबैभन्दा प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*