अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु

जनपत्र
१८ चैत्र २०७६, मंगलवार ०७:११

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिकामा तीव्र देखिएको हो । युरोपियन मुलुकमा पनि कोरोनाको संक्रमण अपेक्षा गरेअनुरुप रोकिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाले ज्यान गुमाएका छन् । यो स‌ंगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ ।

त्यसैगरी अमेरिकामा एकैदिन १९ हजार ९ सय ८८ जनामा संक्रमण देखिएसँगै संक्रमितहरुको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । अमेरिकामा ५ हजार ५ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ३ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*