फिलिपिन्समा विमान दुर्घटना हुँदा आठजनाको मृत्यु

जनपत्र
१७ चैत्र २०७६, सोमबार ०८:०६

फिलिपिन्समा मेडिकल सामग्री बोकेको विमान दुर्घटना हुँदा आइतबार आठजनाको मृत्यु भएको छ । फिलिपिन्सको राजधानी मनिलास्थित निनोइ अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान भर्ने क्रममा दुर्घटना भएको हो ।

लायन एयरलाइन्सको आरपीसी ५८८० कल साइन विमान उड्ने क्रममा एक्कासी आगो लाग्दा विमानमा सवार आठैजनाको मृत्यु भएको मनिलास्थित विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

विमानमा छ फिलिपिनी नागरिक, एक अमेरिकन र एक क्यानेडियन रहेको बताइएको छ । रेडक्रसका प्रवक्ता रिचार्ड गोर्डोनवे विमानमा सवार आठैजना चिकित्सा कर्मचारी भएको जानकारी दिएका छन् । उक्त विमानमा मेडिकल सामग्रीसमेत रहेको फिलिपिन्स न्युज एजेन्सीले जनाएको छ । रनवेमा विमान दुर्घटना भएकोसमेत बताइएको छ । ( सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*