भारतले बनायो १२ सय पर्ने कोरोना टेस्ट किट
भारतको पुनेस्थित प्रयोगशालाले भारतमा पहिलो कोरोना परीक्षण किट बनाइएको छ । भारतले कोरोना भाइरसको परीक्षण कम गरेको भन्दै आलोचना भइरहेका बेला भारतमै पहिलो टेस्ट किट बनाइएको हो । भारतले हालसम्म एक मिलियनमा ६।८ जनामा कोरोना परीक्षण गरिरहेको बताइएको छ । जुन अन्य देशको तुलनामा निकै कम परीक्षण हो । यो भारतमै बनाइएको टेस्ट किटले मुलुकको आवश्यकतालाई पूर्ती गर्ने अपेक्षा गरिएको छ । एक गर्भवती भाइरोलोजिस्टले यो किट विकासमा भारतलाई सफलता दिएकी हुन् । बच्चा जन्माउनुभन्दा केही घण्टाअघि उनले किट विकासमा सफलता मिलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।





