कोरोनाबाट ज्यान गुमाउने ३३ हजार नाघे, २४ घण्टामै स्पेनमा गयो ८२१ जनाको ज्यान
विश्वव्यापी रुपमा आतंक सिर्जना गरिरहेको कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणबाट ३३ हजार ९२६ जनाको ज्यान गएको छ । विश्वभर संक्रमित पाँच लाख ३५ हजार ७९६ जनाको उपचार भइरहेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।
१९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २० हजार ६६१ मानिस संक्रमित भएकोमा एक लाख ५० हजार ९३९ जना उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै इटलीमा १० हजार ७७९ जनाको ज्यान गएको छ ।
स्पेनमा पनि ज्यान गुमाउनेको संख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै ८२१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ६ हजार ८०३ पुगेको छ ।
यसैगरी अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकै दिन साढे १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार १६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।