भारतमा एक जनाबाट ४० हजारमा कोरोना फैलिएको आशंका

भारतीय अधिकारीहरुले देशको उत्तरी प्रान्त पन्जाबमा कम्तिमा पनि ४० हजार मानिसहरुलाई घरमा नै बस्न अनुरोध गरेका छन् । उनीहरुले २० गाउँका व्यक्तिहरुलाई घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन् । र, यसको कारण एकजना व्यक्तिबाट उनीहरुलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
७० वर्षका यी व्यक्तिको कोरोना भाइरस संक्रमणबाट निधन भइसकेको छ । यी मान्छेले यसअघि सेल्फ क्वारेन्टाइनको अनुरोधलाई अस्वीकार गरेका थिए । उनी केही दिनअघि इटालीबाट फर्किएका थिए । इटाली र जर्मन्ी घुमेर फर्किएका यी एक व्यक्तिका कारण त्यहाँको ७० हजार मानिसलाई समस्या हुनसक्ने भएकाले सेल्फ आइसोलेसनमा बस्न अधिकारीहरुले अनुरोध गरेको पन्जाबका अरविन्द छाब्राले बिबिसीलाई बताएका छन् ।