कोरोनाको सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन

जनपत्र
१६ चैत्र २०७६, आईतवार ०६:५८

कोरोना भाइरस ‘कोभिड १९’ को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य टेरेजाको कोरोनाका कारण निधन भएको युवराज सिक्टस हेनरीले पुष्टि गरेका छन् । टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*