आधाबाटोमा चीनले नै रोक्यो कोरोना परीक्षण ‘किट’

जनपत्र
१६ चैत्र २०७६, आईतवार ०६:५०

महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ को परीक्षण गर्ने चिनियाँ सामग्री ९किट० सहितको उपचार उपकरण निर्यात योग्य नभएको भन्दै बीचबाटो ‘तिब्बत’ मै रोकिएको छ। दुई हजारलाई परीक्षण गर्न सक्ने किटको साथै उपचारको सामाग्री बीच बाटोमा रोकिएको हो। गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले ३५ लाख रुपैयाँ बराबरको उक्त उपचार समाग्री बेइजिङस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको थियो। कार्यबाहक राजदूत सुशील लम्सालले उक्त सामाग्रि बुझे लगत्तै नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए।

उक्त किट तिब्बत पुगिसकेको जानकारी बेइजिङस्थित नेपाली दूतावासले दिए पनि के कारणले रोकिएको बताएको छैन। युरोपबाट चिनियाँ किट फर्केको समाचार आइरहेको अवस्थामा चीन सरकारले नै तिब्बतमा उक्त सामाग्री रोकोको हो। यो किटले ३० प्रतिशत मात्र उपयोग भएको भन्दै यसप्रकारको किट उपयोग नगर्ने भनेर स्पेनले फिर्ता गरिदिने निर्णय लिएको थियो। इटाली, स्पेन र चेक गणतन्त्रले समेत केही यस्ता किटलाई फिर्ता गर्ने निर्णय लिएकाले चीन आफै सजक बनेको एक अधिकारीले बताए। यद्यपि यो विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन।

नेपाल पठाउन लागिएका किट निर्यातयोग्य नभएको पुष्टि तिब्बतकै स्वास्थ्य विभागले गरेको जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावास प्राप्त गरेलगत्तै परराष्ट्रमन्त्रालाई जानकारी दिएको उच्च स्रोतले बतायो। त्यहाँको विदेश मन्त्रालयले जानकारी दिए लगत्तै काठमाडौंमा जानकारी गराएको चीन महाशाखा हेर्ने एक अधिकारीले बताए। चीन सरकारले नै छिमेकमा पठाउन लागेको उक्त सामग्री अहिले युरोपबाट फिर्ता भएजस्तो पर्ला भनेर अध्ययन गरिरहेको जानकारी पनि परराष्ट्र मन्त्रालयले दिइसकेको छ। तर मन्त्रालयले यसबारे कुनै धारणा बाहिर ल्याएको छैन।

यो किटसँगै अन्य अत्यावश्यक सामग्री पनि रहेकोले त्यो मात्र भएपनि ल्याउने काम भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। चीनबाट आउने भनेको किट पनि रोकियो। नेपालमा मौज्दात किट सकिँदै गएको छ। थप परीक्षण गर्ने विषयमा उच्चस्तरीय समितिले के काम गरेर बस्यो भन्नेमाथि नै प्रश्न उठेको छ अन्नपूर्णपोष्बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*