यूएईमा थप दुई नेपालीसहित ७२ जनामा कोरोना संक्रमण
संयुक्त अरब इमिरेट्स ‘यूएई’ मा फेरि दुई जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार ७२ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ नेपाली सहित ७२ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको यहाँका स्थानीय संचारमाध्यम गल्फन्युज ( https://gulfnews.com/uae) ले लेखेको छ।
मन्त्रालयका अनुसार ईमाराती सहित, श्रीलंका ,जोर्डन, प्यालेष्टाइन ,इरान ,कोमोरोस ,चीन ,साउदी अरब , काजकिस्तान , सर्बीया ,ग्रीस ,उरुग्ये ,रोमानिया स्विेडन ,दक्षिण अफ्रिका ,इराक ,यमन ,इथोपिया ,,बेलायत ,पाकिस्तान लेबनान भारत र बंगलादेशका नागरिक गरि ७२ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।






