मकवानपुरका नागरिक कोरोनाबाट आतंकित होइन, धैर्य भएर घरमै वसौ

भगवती पुणासैनी
१४ चैत्र २०७६, शुक्रबार ०८:४५

विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसबाट मकवानपुरका नागरिक आतंकित हुनु भन्दा पनि संयमित भएर बस्नुपर्ने बेला आएको छ । यो बेलामा धैर्यधारण गर्नुपर्ने अवस्था छ ।

कोरोनाबाट बच्नका लागि सवैले कम्तिमा घरमै वसेमा बाहिरबाट रोग लिएर फेरी घरभित्र पस्नुपर्ने अवस्था आउँदैन । सजग र सचेत रहनका लागि सवैले ध्यान दिनु जरुरी छ । घरबाहिर सडकमा सवारीका साधन चलाउनु भन्दा पनि घरमै थन्क्याएर केही दिन मकवानपुर बासीहरुले ध्यान दिनुपर्छ । कोरोना भाइरसबाट आफै जोगिने हो । तर, प्रहरीले नियन्त्रणमा लिएर कार्बाही गनुपर्ने अवस्था आइरहेको छ । यो अवस्थामा संयम अपनाइएमा मात्र थप सहज हुने छ ।

सरकारले लकडाउन गरेको तीन दिन सम्मको अवधिमा मकवानपुर प्रहरीले २ सय ४७ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । लकडाउनको उलंघन गरेर सडकमा हिड्ने ९४ जनालाई नियन्त्रणमा लिएर छोडेको छ ।

कोरोना भाइरसको संक्रमणबाट वेलैमा सचेत रहनका लागि सरकारले गरेको लकडाउन गरेको तीन दिनको अवधिमा अटेर गरेर सडकमा हिड्ने र सवारीका साधन चलाउनेलाई कार्बाही गरिएको हो ।

मकवानपुर प्रहरीले सवैभन्दा धेरै २ सय १२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । त्यसैगरी २ वटा ट्याक्टर, १० वटा मयुरीलाई नियन्त्रणमा लिएको हो । अटेर गरेर सडकमा हिड्ने ९४ जनालाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ छोडिएको छ । हाम्रै लागि गरिएको लकडाउनको उलंघन गरेर हामी आफै प्रहरीको सजाय किन भोगिरहेका छौं । सवै सजग र सचेत वनौ ।

एकै पटक विश्व आतङ्कित बनायो कोरोना भाइरसले । नयाँ रुप लिएर आयो संसारलाई कालो र अन्धकार बनायो । हेर्दा हेर्दै कोरोनाले कयौंका घर रित्यायो, गाउँटोल शहर सबै सिध्यायो । विश्वका विद्वान, धनी र शक्तिसाली राष्ट्रहरुनै रुवाबासी गरायो ।

भनिन्थ्यो भवितव्य ढ्वाङ फुकेर हल्ला गरेर आउँदैन । सुटुक्क आउँछ विनास गरेर जान्छ । तर यो कोरोनाले भने विश्व रुवाउँदै ढ्वाँङ फुकेर, दमा बजाएर आएको छ । संचार माध्यमले सुचना दिएको दियै छन तर हामीनै मूर्ख बनेर अटेर गरि उसैलाई गिज्याँउदै, खोज्दै सडक,सडक हिडीरहेका छौं । शहर बाट गाउँँ छिर्दैैैछौै ,विदेश देखि स्वदेश फिर्दैैैैछौ । आफ्ना मायालुु परिवारजन भेट्ने र न्यानो माया साटासाट गर्न तर अहिले त्योे वातावरण छैन ।

पहिला शहर वा विदेशबाट गाउँघर जाँदा ससम्मानका साथ घडा र मालाले स्वागत गरिन्थ्यो । अहिले आफन्तले नै टाढै बाट जचाएर आउनुु भनेर फर्काउछन । यदी परिवारले लुकाएर राख्न खोजे वा व्याक्ति स्वयं लुके भने छिमेकी र टोलकमिटीले आतङ्कित भएर गाउँ पस्न र बस्न दिदैनन् के भयो यस्तो भन्छन् धेरैले ।

आफन्त, आफ्ना मुटुका टुक्रा प्यारा परिवारजन विरामी पर्दा नजिक जान नपाउने, मृत्युवरणमा छाँदहालेर रुन र छुन नपाउने, लास उठाउने मलामी नपाउँने के आयो यस्तो ? यस्तो भयावह अवस्थामा हामी सचेतका साथ राज्यको आदेस तथा अनुरोध पालना गरौ । नसुनेका र नबुझेकालाई कोरोना बारे सचेत गरौ क्वारन्टाईन पालना गरौं ।

हामीले संचारमध्या द्वारा देखिरहेका छौं, सुनिरहेकाछौं दर्दनाक पीडा र भवितव्य भोगेका चिन अमेरीका,ईटलीका जनताले भनिरहेका छन हाम्रो जस्तो दुर्दशा भोग्न नपरोस सचेत रहनु सुरक्षित रहनु ।

अंहँ हामी मान्दै मान्दैनौ । हामीमा बानी परिसकेको छ राम्रो सुचना र जानकारीलाई सुन्दै सुन्दैनौ । प्रहरी प्रशासनको बफादार लाठी विना टेर्दै टेर्दैनौं । सरकारको उपयुक्त कदमलाई अवज्ञा गर्छौै , जिम्मेवार नागरिक बन्न किन सक्दैनौ । आफुले आफैंलाई बारम्बार प्रश्न सोधिरहेकोछु ।
हामी संग न प्रयाप्त मानविय श्रोत शक्ति छ, न प्रयाप्त स्वास्थ औषधि र प्रविधीका उपकरणहरु नै छन् । न हामी आपत्कालिन संकटलाई सजिलै सामना गर्नसक्ने आर्थिक मजवुद नै छौ ।

यी सबै कुरालाई मध्यनजर गर्दै ठुलो भवितव्यको सामना गर्न नपरोस भनेर सरकारले जनसुरक्षाका निमित्त सारा कलकारखाना, कार्यालय बन्द अर्थात देशै लकडाउन गरी चालेको यो उपयुक्त कदमलाई हामी होम क्वारान्टाईनमा बसेर ईमान्दार नागरिकको हैसियतले किन पालना गर्न सकेका छैनौ यो अचम्म लाग्दै छ ।

हामी त आर्थिक,उपकरण र प्रविधको भन्दानी वुद्विका सुकुम्वासी बनिरहेका छौं । सबै कुराको अभाव सुधार हुनसक्ला तर आफुले आफैंलाई सचेत गराउन नसकेको क्षति भयावह हुनेछ,डरलाग्दो हुनेछ त्यसैले राज्यको नियम पालना गरौं,आफू बचौं र अरुलाई बचाउँ । सबै विनम्र अनुरोध छ ।

लेखक जिल्ला समन्वय समिति मकवानपुरको उपप्रमुख हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*