कोरोनाः मकवानपुरका १० स्थानिय तहको यस्तो छ तयारी

दिपक सिंह रुम्वा
१४ चैत्र २०७६, शुक्रबार ०७:२१

हेटौंडा/ कोरोना भाइरसको संक्रमण हुन नदिन मकवानपुरका दश वटै स्थानीय तहले सावधानी अपनाएका छन् । जनस्तरबाटनै काम पनि गरेका छन् । आफ्ना पालिकामा कोरोना संक्रमित विरामी देखिहालेमा क्वारेन्टाइन राख्ने व्यावस्था पनि मकवानपुरका स्थानीय तहले गरेका छन् । लकडाउनको समयमा आम नागरिक घरबाट बाहिर ननिस्कीए पनि स्थानीय सरकार बाट निरन्तर काम भएका छन् ।

स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्था खुल्ला राखेर विरामीको उपचार भने भइरहेको छ । बिश्व नै अहिले कोरोना भाईरसको कारण आक्रन्त बनेको छ । चिनबाट सुरु भएको कोरोनाको संक्रमण बिश्वभरी नै फैलिएको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २४ हजार ६५ पुगेको छ । संक्रमित भएकामध्ये १ लाख २३ हजार ३ सय ९१ जना निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो । इटालीमा सबैभन्दा बढी मृतक संख्या रहेको छ । विश्वका ठुला ठुला देशको लागि नै टाउको दुखाईको विषय बनेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले नेपाललाई नै लकडाउन गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनलाई जनताले पनि साथ दिएको छ ।

बिश्वका धनी र बिकाशित देशहरुमा पनि महामारीको रुप लिएको कोरोना भाइरससंग लड्नको लागि नेपालसंग प्रयाप्त पुर्वाधार, स्रोत साधन, दक्ष स्वास्थ्यकर्मी र उपकरणहरु छैन । यस्तो अबस्थामा पनि मकवानपुरका १० ओटा स्थानिय तहका प्रमुखहरुले आफुहरुको तयारी राम्रो रहेको भनिरहेको छ । कोरोना संक्रमित विरामी देखिहालेमा उपचारको व्यावस्था मिलाउने र स्वास्थ्यसंस्था सम्म ल्याउनको लागि तयारी के भनेर जनपत्रका सहकर्मी दिपक सिंह रुम्वाले मकवानपुरका दश वटै स्थानीय तहका प्रमुखहरुसंग कुराकानी गर्नुभएको छ ।
हरीबहादुर महत (मेयर) हेटौंडा उपमहानगरपालिका


लवशेर बिष्ट (मेयर) थाहा नगरपालिका


बिदुर हुँमागाई (अध्यक्ष) मकवानपुरगढी गाउँपालिका)


दामेदर खनाल (अध्यक्ष) बकैया गाउँपालिका)


सर्केस घलान (अध्यक्ष) बाग्मती गाउँपालिका)


जीवन लामा (अध्यक्ष) इन्द्रसरोबर गाउँपालिका)


टंक मोक्तान (अध्यक्ष) कैलास गाउँपालिका)


हिदम लामा (अध्यक्ष) भीमफेदी गाउँपालिका)


राजकुमार मल्ल (अध्यक्ष) राक्सीराङ गाउँपालिका)|


एकराज उप्रेती (अध्यक्ष) मनहरी गाउँपालिका)

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*