हेटौंडाका १ लाख नागरिकलाई डेढ करोड लिटर पानी वितरण

संजय न्यौपाने
९ चैत्र २०७६, आईतवार ०७:०३

विश्व पानी दिवस, प्रत्येक वर्ष २२ मार्चमा पानीको महत्व बारेमा ध्यान केन्द्रित हुने गर्दछ । यस वर्षको विषयवस्तु ूपानी र मौसम परिवर्तन” रहेको छ ।

पानी प्राथमिक माध्यम हो । जसको माध्यमबाट हामीले मौसम परिवर्तनको प्रभावहरू महसुस गर्नेछौं । पानीको उपलब्धता धेरै ठाउँमा कम पूर्वानुमान भइरहेको छ र बाढीको बढ्दो घटनाहरूले पानीको बिन्दु र पानीको स्रोत दूषित गर्ने खतरा रहेको छ । केही क्षेत्रहरूमा खडेरीले पानीको अभावलाई बढाइरहेको छ र यसले नकारात्मक असर मानिसको स्वास्थ्य र उत्पादकत्वमा पर्ने गरेको छ । उच्च तापक्रम र कम पूर्वानुमान योग्य मौसमका कारण भूमिगत पानीको उपलब्धता र वितरणलाई असर गर्ने र पानीको गुणस्तरलाई समेत बिगार्न सक्ने अनुमान गरिएको छ ।

पानीले जलवायु परिवर्तनको प्रभावहरुलाई अनुकूल गर्नमा महत्वपूर्ण भूमिका खेल्छ । पानी, जैव क्षेत्र र वातावरणीय प्रवाहमा एकीकृत दृष्टिकोण दिगो कृषि र आर्थिक प्रणालीहरू निर्माण गर्न आवश्यक छ जसले जलवायु परिवर्तनलाई कमजोर तुल्याउन, चरम सीमादेखि जोगाउन र एकै समयमा अपरिहार्य परिस्थितिको लागि अनुकूल बनाउन मद्दत गर्दछ ।

खानेपानी विनाको संसारको कल्पनासम्म पनि गर्न सकिन्न । पानी बिहान उठे देखि ननिदाए सम्म, जन्मेदेखि नमरुन्जेलसम्म नभई नहुने पिए पदार्थ हो । बागमती प्रदेशको राजधानी हेटौंडा भएसगै जनसंख्या र जनघनत्वको हाव्त्तै वढेको छ । पानीको बहु उपयोगको कारण पनि विगतका दिनहरुमा भन्दा वर्तमान समयमा पानीको खपत अत्याधिक बढेको छ ।

सहज र सरल ढंगबाट सफा र स्वच्छ खानेपानी उपलव्ध गराउनु हेटौडा खानेपानी व्यवस्थापन बोर्डको प्रमुख जिम्मेवारी र दायित्व भित्र पर्दछ । हाल बोर्डले हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ देखी १० को सबै भु भाग र वडा नं. १, १४, १५, १६ र १७ को केही भु—भाग गरी नगर क्षेत्र भित्र बसोबास गर्ने करिब १ लाख २५ हजार नगरबासीहरुलाई १७७९२ धाराहरुबाट बिहान र वेलुका गरी ६ देखि ७ घण्टा गरी दैनिक सरदर १ करोड ४२ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको छ । नियमित रुपमा बोर्डबाट वितरण गर्ने पानी गुणस्तर परिक्षण गरेर मात्र वितरण गर्ने गरिएको छ । चुहावट नियन्त्रणका लागि सहरको मुख्य क्षेत्रहरुमा रात्रि कालिन कार्य समेत बोर्डले गर्दै आइरहेको छ । खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्र बाहेकका नगरका अन्य वडाहरुमा स्थानिय स्तरका खानेपानी उपभोक्ता समितिहरु मार्फत खानेपानी व्यवस्थापन हुदै आइरहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापनमा बोर्डले चालु आ.व. २०७६÷०७७ को दोश्रो चौमासिक अबधि सम्ममा ६३१ वटा नया धारा थप भएको छ । दोस्रो चौमासिक अबधिसम्ममा बोर्डले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह, नागरिक वडापत्र, मासिक, चौमासिक, अर्धबार्षिक, बार्षिक आय व्यय विवरण लगायत अन्य विवरणहरुको बारेमा सहज रुपमा आम उपभोक्ता माझ जानकारी गराउन डिजिटल वडापत्र व्यवस्थापन गरेको छ ।

त्यसैगरी बोर्डले हेटौंडा वडा नं. ९ स्थित कुखरेनीमा रहेको पुरानो समवेल संरक्षण कार्य, मुलुकै ऐतिहासिक चुरियामाई मन्दिर परिसरमा हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र चुरियामाई मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा खानेपानी व्यवस्थापन कार्य, हेटौंडा वडा नं. ६ चौघडा स्थित चुच्चेखोला देखि रानी सामुदायिक वन जाने बाटो हुदै दिव्य नगर सम्म पाइप लाइन सुधार विस्तार कार्य, हेटौैडा वडा नं. ६, ७ र ९ मा पाइप लाइन सुधार विस्तार कार्य, नगर क्षेत्र भित्र उपभोक्ता तथा हेटौंडा उपमहानगरपालिका, वडा कार्यालय लगायत अन्य संघ संस्थाहरुसंगको सहकार्यमा खानेपानीको पाइप लाइन विस्तार कार्य गर्नको लागि आवश्यक पर्ने विभिन्न साइजको करिब ७३ हजार ९ सय मिटर एच.डि.पि.ई पाइपहरु खरिद कार्य सम्पन्न गरिसकेको छ ।

दोस्रो चौमासिक अबधिमा सम्पन्न हुन नसकेको प्रकृयामा रहेका कार्यहरु अन्तर्गत हेटौंडा वडा नं. ८ कमाने स्थित रोटरी प्रा.वि.संगै निर्माण भएको नयाँ डिप ट्यूवेल संरक्षणको लागि सर्भिस घर निर्माण, वेल संचालनको लागि पाइप लाइन विस्तारको कार्य सम्पन्न भई विद्युत प्रसारण लाइन जडानको कार्य भई रहेको, सामरी, कमाने र स्मृति टोलमा सेड र भान्छा घर निर्माण कार्य भईरहेको, कार्यालय भवन भित्र स्टोर र क्लोरिन हाउस निर्माण तथा पर्खाल मर्मत कार्य भईरहेको छ ।

भिमफेदी गाउपालिका वडा नं. १ सामरीमा समवेल निर्माण कार्य गर्नको लागि वोलपत्रको माध्यमद्धारा कार्य अगाडी बढाइएको, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा वडा नं. १४ बदेलधापमा ३०० घ.मि.को पानी टंकी लगायत पाइप लाइन विस्तार कार्य गर्नको लागि हेटौंडा उपमहानगरपालिकाले वोलपत्रको माध्यमबाट प्रकृया अगाडी बढाईएको छ । बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड विचको सहलगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माणको कार्यहरु गर्नको लागि वोलपत्रको माध्यमबाट खानेपानी तथा सरसफाई डिभिजन नं. १ कार्यालयबाट कार्यादेश समेत दिई सकेको छ ।

बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिका संको सहलगानिमा गरिने मुख्य कार्यहरु

टंकी निर्माण— हेटौंडा वडा नं. १२ आल्दमारमा २०० घ.मि., हेटौंडा वडा नं. १६ त्रिभुवन नगरमा ४०० घनमिटर निर्माण गरिएको छ । डिप बोरिङ्ग निर्माण— हेटौंडा वडा नं. १३ ठुलोथली मा गरिएको छ । सम्मवेल निर्माण— ४ गोटा (हेटौंडा वडा नं. ३ बसामाणीमा १ थान, हेटौंडा वडा नं. १२ पदमपोखरीमा २ थान, हेटौंडा वडा नं. १९ नेवारपानीमा १ थान) छ । विधुतिकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्य हेटौंडा वडा नं. १८ हर्नामाडी लगायत अन्य वडाहरुमा गरिएको छ । नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र हेटौंडा उपमहानगरपालिका संगको सहलगानीमा संचालित आयोजनाको करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

बोर्डबाट भईरहेका मुख्य कार्यहरु

हेटौंडा २ हरिकुञ्जमा ५०० घ.मि.को ग्राउण्ड टंकी, हेटौंडा ५ रुद्रेश्वरमा ५०० घ.मि. को ग्राउण्ड टंकी, हेटौंडा १० टि.सि.एनमा ४५० घ.मि.को ओभर हेड टंकी, हेटौंडा १५ मा ५०० घ.मि. को ग्राउण्ड टंकी निर्माण भइरहेको छ । यिसैगरी डिप ट्यूववेल निर्माण — हेटौंडा वडा नं. ७ नागस्वती, किरण चोक २ वटा, हेटौंडा वडा नं. ८ कमानेमा १ वटा र हेटौंडा वडा नंं १० टि.सि.एनमा १ वटा भएको छ । पानी शुद्धिकरण — हेटौंडा ५ रुद्रेश्वर मन्दिर परिसरमा भइरहेको छ । अन्य —विद्युतीकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु भइरहेका छन् ।

बोर्डबाट आ.व. २०७६÷०७७ मा गरिने बा“की अन्य कार्यहरुमा नगरक्षेत्र भित्र विभिन्न स्थानहरुमा भुमिगत पानी रिचार्जको लागि पानी पोखरी निर्माण कार्य, विभिन्न क्षेत्रमा रहेका मुहानहरुको संरक्षण तथा मर्मत सम्भार कार्य, विभिन्न स्थानमा रहेको भल्वहरुमा चेम्बर निर्माण गर्ने र पुराना जिर्ण पाइपहरु परिवर्तन गर्ने कार्य छन ।

विभिन्न स्थानहरुमा भवन तथा पर्खाल निर्माण र मर्मत कार्य, नगर क्षेत्र भित्र संघिय सरकार, वाग्मती प्रदेश सरकार र हे.उ.म.नपा संगको सहकार्यमा खानेपानीका योजनाहरु संचालन गर्ने कार्य, संस्थागत पुन संरचना अध्ययन तथा पदपुर्ति कार्य, खानेपानी गुणस्तर सम्बन्धि सचेतना कार्यक्रम संचालन, आवश्यकताको आधारमा अन्य सेवा अध्ययन तथा परामर्श सेवा (ल.ई., ड्रोइङ्ग, डिजाइन, सम्भाव्यता अध्ययन) गर्ने कार्य यसै चालु आवमा हुने छ ।

हेटौंडा उपमहानगरपालिका भित्र उपभोक्ता समिति मार्फत संचालित योजनाहरु बोर्डमा हस्तन्तरण भई आउन चाहेमा प्रोत्साहन गर्ने कार्य र हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्र क्रमश बोर्डको सेवा विस्तार कार्यलाई निरन्तरता दिने कार्य भइरहेको छ । वोर्ड नगरवासीलाई शुद्ध र स्वच्छ पानी खुवाउने उद्देश्यले खानेपानी वोर्डमा नै पानी परीक्ष्ँण गर्न प्रयोगशाला राखिएको छ ।

मासिक रुपमा वितरण गरिएका पानी प्रयोगशालामा परीक्ष्ँण गर्ने गरिएको छ । अनलाइन मार्फत पानी महशुल भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । वोर्डको परिसरमा नै स्तनपान कक्ष्ँ पनि राखिएको छ । जस्ले गर्दा सेवाग्राहीहरुलाई सहज भएको छ । विश्वव्यापी महामरीको रुपमा फैलियको कोभिड १९ कोरोना भाइरसको रोकथाम र सचेतनाको लागि जानकारी मुल्क सामाग्री फेल्कस प्रिन्ट राख्नका साथै वोर्डको प्रवेशद्धार नजिकै सेवाग्रँही र वोर्ड परिवारलाई हात धुनका लागि धारा र सावुनको पानीको व्यवस्था गरिएको छ । सेवाग्रँहीहरुलाई सावुन पानीले हात धोएर मात्र जानु हुन अनुरोध पनि गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*