अमेरिकामा एकै दिन १० हजारभन्दा बढी संक्रमित, १६९ को ज्यान गयो, न्यूयोर्क पनि लकडाउन
अमेरिकामा एकै दिन कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० ले बृद्धि भई १६ हजार ५८ पुगेको छ। गत २४ घन्टामा मात्र अमेरिकामा कोरोना भाइरसका कारण १६९ को ज्यान गएको छ। योसँगै अमेरिकामा ज्यान जानेहरुको संख्या २१९ पुगेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार संक्रमितहरुको संख्यामा अत्याधिक बृद्धि भएपछि न्यूयोर्कलाई पूर्णत लकडाउन गरिएको छ।






