इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ सय नाघ्यो

जनपत्र
५ चैत्र २०७६, बुधबार ०६:२१

इटालीमा कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । पछिल्लो अपडेट अनुसार इटालीमा पछिल्लो २४ घण्टामा ३४५ जनाको मृत्यु भएको छ ।

यो सँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ सय ३ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा इटालीमा ३५ सय २६ जना संक्रमित बढेका छन् । अहिलेसम्म इटालीमा संक्रमितको संख्या ३१ हजार ५०६ पुगेको छ ।

इटालीमा अहिलेसम्म २९ सय ४१ जना ठिक भएर घर फर्किएका छन् भने अझै २०६० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*