कतारबाट शंकास्पद २० नेपाली कामदार फिर्ता
कारोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ। दुईजना दुई दिन अघि र १८ जना सोमबार फिर्ता भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्।
खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइनमा र सामूहिक क्वारेन्टाइनमा राखेको छ। कामदार क्वारेन्टाइनबाट सिधै काम गर्ने स्थानमा जान पाउँछन्। तर, बाहिर जान पाउँदैनन्।






