सार्क राष्ट्रहरूको भिडियो सम्मेलन आज

जनपत्र
२ चैत्र २०७६, आईतवार ०७:०३

बिश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस ‘कोभिड–१९’ सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो सम्मेलन गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो ।

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नुहुनेछ । भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले पुष्टि गरे । गोरखापत्र दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*