कोरोना असर : अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने भारत सरकारको निर्णय
भारत सरकारले अप्रिल १५ सम्मका लागि अत्यावश्यक बाहेकका सबै भिसा रद्द गरेको छ। विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै भारत सरकारले अप्रिल १५ सम्मका सबै भिसा रद्द गर्ने निर्णय गरेको हो। बुधबार स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा बसेको उच्च अधिकारीको बैठकले कूटनीतिक, कार्यालयीय र अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कूटनीतिक, कार्यालयीय, संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय निकाय, रोजगारी, प्रोजेक्ट भिसाबाहेक हाल जारी भएका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गर्ने निर्णय भएको छ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुयो व्यवस्था मार्च १३ राती १२ बजे ९ग्रिनविच मिन टाइम०बाट लागू हुनेछ। अत्यावश्यक काम परेर भारत प्रवेश गर्नै पर्ने भए नजिककै दूतावासमा सम्पर्क गर्न समेत भारत सरकारले भनेको छ।
यसैगरी चीन, इटली, दक्षिण कोरिया, इरान, फ्रान्स, स्पेन र जर्मनीबाट आउनेलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने समेत मन्त्रालयले उल्लेख गरेको छ। यो व्यवस्था भारतीय नागरिकका लागि समेत लागू हुनेछ। यसका साथै अत्यावश्यक काम बाहेकको अवस्थामा विदेश भ्रमणमा नजान समेत भारत सरकारले नागरिकहरूमा अपिल गरेको छ।
यसैगरी पर्याप्त चेकजाँचको व्यवस्था भएका तोकिएका चेक प्वाइन्ट बाहेकका अन्य स्थल नाकाबाट समेत भारत प्रवेशमा कडाइ गरिने जानकारी मन्त्रालयले दिएको छ। नेपाल लाईभबाट





