बन्द भयो कतारका लागि श्रम स्वीकृति

जनपत्र
२७ फाल्गुन २०७६, मंगलवार १४:५४

सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि बन्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो ।

‘कतारले नै नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ, त्यसैले आजदेखि पुन स् र नयाँ श्रम स्वीकृति दुवै हुँदैन,’ प्रमुख बस्नेतले भन्नुभयो । यस्तै, नेपालमा रहेको कतार भिसा सेन्टरको पनि आज मंगलबारदेखि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द भएको सेन्टरका प्रबन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । भिसा सेन्टरले रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक, स्वास्थ्य परीक्षण, औँठा छाप लिने र करारपत्रमा हस्ताक्षर लगायतको काम गर्छ ।

‘नयाँ जान चाहनेका लागि सबै प्रक्रिया अहिलेलाई रोक्नू भन्ने निर्देशन कतार सरकारकै भएकाले आजबाट सेवा बन्द भएको छ, तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको छ,’ सेन्टरका प्रबन्धक क्षेत्रीले भन्नुभयो । घर बिदामा आएर फर्किन नपाउनेहरुले आफ्नो रोजगारदातासँग छलफल गर्न सक्ने सेन्टरका प्रबन्धक क्षेत्रीले बताउनुभयो । उनीहरुको सम्बन्धमा पछि मात्रै निर्णय हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । नेपाल विश्व स्वास्थ्य संगठनले जोखिमको सूचीमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*