एकल परिवारले सिकाउन सकेन संस्कार

एकल परिवारमा वसेका बालबालिका मोवाइल, कम्प्युटर र टिभीमा व्यस्त हुँदा संस्कारनै सिक्न सकेनन् ।
भगवती पुणासैनी
२७ फाल्गुन २०७६, मंगलवार ०७:५३

मेरा मामा घरका हजुरबा उमेरले ८० वर्ष नाघि सकें । अब अर्को साल देखि तिमीहरुलाई भेट्न आउन सक्दिन होला भन्नू हुन्थ्यो । त्यसो भन्दै दुई, चार वर्षसम्म काभ्रेको पात्लेखेत देखि लौरो टेकेर मकवानपुरको सामरी सम्म आउँनु हुन्थ्यो ।

पुरै कुप्रो शरीर कमजोर आँखा, धर्मराउदै लठ्ठिको साहरामा अलि परसम्म हिड्यो फेरि कुप्रो ढाडलाई उभिय जस्तो गरेर सोझ्याउँदै । देख्नेले भन्थे यो उमेरमा मुङ्लान देखी एक्लै आउँदा बाटामा थला परे कस्लाई के थाहा घरबाट छोरीकोमा पुगे भन्ने हुन्थ्यो छोरीलाई बा आउनु भएको कस्ले सुचना दिनु फोनको जवना हैन ।

सबैले भन्थे आउन सक्नु हुन्न । वाहाँ भन्नुहुन्थ्यो उदो मायाले तानेर घिसारेर ल्यायो । बल्ल बल्ल आईपुगें । मेरा मायाँका झुप्पाहरु देख्न पाय अब त यत्ती होला आउँन सक्दिन । यसो भन्दै मैले जान्दा देखि मेरो विवाह सम्म आईपुग्नु भयो हजुरबा ।

घरको हजुरआँमा मात्र देखे थोरै समय वहाँको मायालु तातो काखमा रमाउन र अरु भदा भदै भाईबैनीले नदेख्ने गरि लुकाएर खुसुक्क दिनुभएको मिसिरीका डल्ला मुखमा हाल्दाको गुलियो स्वाद र वाहाँँ संगको मिठो संवाद आज पनि उत्तिकै मिठो संझना ताजै छ । पारिवारीक नाता र संम्वन्धको निस्वार्थ, स्वच्छ, मायाँ र ममता थाहा पाय जस्ले मलाई सानै उमेर देखी हाम्रो संस्कृती, रितीरिवाज, परम्पपरा, सामाजिकीकरण सबै सिकायो ।

पछि आमाले हामी संगै जन्मे हुर्केका भदाभदै छोरा छोरीलाई भन्दा पनि नाति नातिनालाई बढिनै माया गर्न थाल्नु भयो । उही हजुरबा कै शब्द सापटी लिएर भन्नुु हुन्थ्यो जति भएपनि साउँको भन्दा ब्याजको माया । उदो माया छोरा छोरी भन्दा नातीनातिनाको बढी ।

सानोमा म यस्ता कुरा खासै महत्व राख्दैनथे र बुझ्दैनथे पनि पछि गाउँघरमा छरछिमेकी आफन्त र आफ्नै परिवार भित्र पनि विभिन्न पारिवारीक, व्यावहारीक अवस्थाले ती शब्दकोषहरु आफैं बुझ्दै र बुझाउँदै आयो । हजुरबा र हजुरआमाले भन्नुु भएका पुराना कथा, उखान टुक्का र वाहाँहरुको जिवनशैली व्यावहारीक ज्ञाँन हामीले कुनै पुस्तकको पानमा पनि खोजेर पढ्न पाउँदैनौ । विना लगानी जिवनमा पढ्न पाउँने जिवनउपयोगी ती अनुभवि कथा संग्रह सबैले पढ्ने सौभाग्य पाउँदैनन् ।

हाम्रो समाज अहिले संगोल परिवार भन्दा एक्कल परिवारमा बस्न रमाउँछन । खुसी हुन्छन् जस्ले गर्दा छोरा छोरीले पाउँने संस्कार हजुरबा हजुरआमाको माया र उनिहरुले सिक्ने धेरै कुराबाट ठगिएका छन् । वृद्व वृद्वा वा उमेर कै किन नहुन समय बेलाबखतले गर्दा नाति नातिना बाट हजुरबा हजुरआमाले पनि धेरै नयाँ कुरा सिक्न पाउँछन ।

अहिले के बालक के वृद्व सबैका हातमा मोवाईल अपरिहार्य भैसकेको छ । कस्तो रमाईलो नाति नातिनाले हजुरबा आमालाई मोवाईल चलाउन, फेसबुक र गेम खेल्न आवश्य कुरा सर्च गर्न आदि वर्तमान अवस्थामा देशसंचारका कुरा पढाउँछन, सिकाउँछन भने हजुरबा, आमाले वितेका पितापुर्खा कुलकुटुम्व देखि धार्मिक, सामाजिक, सास्कृतीक कुरा पढाउँछन सिकाउँछन माया, ममता र आदर गर्छन ।

उमेरको ठुलो भिन्नता हुदा पनि यो नाता संम्वन्धको व्यवहारिक पक्षले आत्मिय साथीको आवश्यकता पूरा गरिरहेको हुन्छ । एकले अर्कालाई अतिनै माया मर्यादा र सम्मान गरेका हुन्छन । आमा, बाबुले नदिएको माया र आवश्यकता हजुरबा हजुरआमाले ज्यान दिएर सकेको सहयोग गर्छन भने छोरा बुहारीले दुखाएको मन नाति नातिनाले मलम लगाउँने गर्छन । आफ्ना बाबू आमालाई सम्झाएर पितृ सम्मानको कार्यमा सधै अब्बल हुन्छन ।

त्यसैले हाम्रो यो संस्कृती परम्पराले बालक र वृद्व वद्वालाई मनोसामाजिक स्वस्थता बारे गतिलो परामर्श साथै अचुक औषधिको काम गरिहेको हुन्छ । सपरिवारमा स्वह्वार्दता, पारस्पारिक सद्भाव कायम राखेको हुन्छ ।

हामी अहिले यस्ता कुरामा विश्वास गर्ने कमै छौं । धेरैले अहिले माँगी विवाह भन्दा प्रेम विवाहलाई प्राथामिकता तथा महत्व दिने र संगोलको परिवार भन्दा एक्कल परिवार मनपराउने प्रचलन बढ्दै गएको छ । स्वदेश, विदेस रोजगारको शिलशिलाले होस या छोराछोरी पढाउने वहाँनामा होस श्रीमान विदेशमा हुने देखि सानो व्यवसाय गर्ने किन नहोस ।

गाउँका घर छोडेर शहर र संगोल परिवार छोडेर एक्कल बस्न रमाउँछन । पारिवारीक सम्मान, सदभाव सबै विर्षेर बाबु आमाले आफ्नालागी गरेका योगदान, दुख र संघर्षलाई विर्षेर सबै आफैंबाट भएको भन्ने सम्झेर सबै श्रेय आफैंलाई दिन्छौै । जस्ले गर्दा परिवारको मर्यादा, सम्मान भन्दा माथि उठेर एक्कल निर्णयनै सर्वोपरी मान्छौै । यस्ले परिवारलाई सुन्दर सुखी बनाउँछ भन्ने लाग्दैन । सधै राम्रै हुन्छ भन्ने छैन जिवनमा ठुला अप्ठेरा र दुर्घटना निम्त्याउन पनि सक्छ ।

मैले समाजमा देखेको र सुनेको एउटी आमाको आत्मकथा व्यावहारीक भनौ या अव्याबहारिक । समाजमा बढ्दो घट्ना, परिघट्ना पनि हुन् । जुन धेरैको पारिवारीक जीवन संग मेल खान पनि सक्ला । जस्ले सिंङ्गो परिवारको मन छिया छिया बनेको हुन्छ ।

एउटा घट्ना छोराले उमेरै नपुगी प्रेम विवाह गर्छ । रोजगारको शिलशिलामा उनिहरु घरबाट टाढा बस्छन । परिस्थिती र भौगोलिक अवस्थाले दिन, महिना, वर्ष हुँदै समय धेरै पर पुग्छ । नाति नातिना हुर्कि सकेका हुनेछन । आमाले आफैंले जन्मायको संन्तान संग दोहोरो संवाद गर्ने वातावरण पाएकी हुन्नन । न्यास्रिएको मनले आफ्नै छोरोको अनुहार सपनिमा खोज्न थाल्छिन ।

आफ्नो सन्तान देख्न नपाएको पिडामा मुटुको टुक्रा नाति नातिनाको काल्पनिक मुहार सम्झेर सधैं उनिहरुको सुस्वास्थ, दिर्घजिवन, आराग्य, ऐस्वर्यका लागि कामना गर्दै दियो बालेर तेल थपि रहन्छिन । उनिहरुकै सुखद भविष्यको कामना गर्दै आफ्नो अन्तेष्टि पर्खि रहेकी आमाले के नै ठुलो आशा गरेकी हुन्छिन र गैरीबारीको बाँझो फुटाउँदै, भत्केका घरका चिरा टाल्दै त्यै छोरालाई जोगाई, जोगाई आफू भोको पेट र अधुरा रहरहरुलाई गाँठो पारेर राख्छिन । आखिर उनको आशा आमा भनेर संम्वोधन गरेको सम्झना पत्र वा केवल टेलिफोनमा सम्झनाका स्वरहरु त्यती मात्र त हो ।

नाति नातिना भेट्ने आशाा रहर खुम्च्याएर अरुले बोल्दै गरेको टेलिफोनमा कान थापेर स्वर नियाल्ददै ,अरुले हेर्दै बोल्दै गरेको मोबाईलका भित्तामा लुकेर आँखा तान्दै नातिनातिनालाई चियाउन खोज्दा झ्याप्प मोबाईल बन्द हुदाको पिडा ठुलो चट्याँङको आवाजले झस्किय जस्तै मनमुटु भक्कानिएको उनका कथाले मलाई फेरि स्मरण गरायो हजुरबाले भन्नु भएको साउँको भन्दा ब्याजको बढी यो उदो मायाको कथा ।
सुन्दर,सुखि र खुसी घरसंसार, सम्मानित जीवनका लागी संगोल परिवार ।
लेखक जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*