नेपाली महिला आन्दोलनसका अवसर र चुनौती

विष्णु ओझा
२५ फाल्गुन २०७६, आईतवार १३:३६

मार्च ८ एक पृष्ठभूमि

विश्वका महिलाहरूले एकै दिन मनाउने मार्च ८ ऐतिहासिक अन्तराष्ट्रिय पर्व हो । महिला माथीको शोषण दमन र असमानता विरूद्ध मार्च ८ मा संघर्षसिल जुझारू श्रमिक महिलाहरूले सुरू गरेको ऐतिहासिक पर्व हो । विगतका संघर्षलाई स्मरण गर्दै समान अधिकार प्रति एकताको प्रतिक प्रेरणा लिने एउटा उत्सव हो । समान कामको समान ज्याला, सामाजिक, राजनैतिक र उत्पादनको क्षेत्रमा समानताको आवाज वोकेर लाखौ महिलाहरू सडकमा उत्रेको ऐतिहासिक दिन हो ।

विश्वका महिलाहरूले कठोर भन्दा कठोर संघर्षको दिनलाई स्मरण गर्ने र भावि योजना वनाउने दिनको रूपमा पनि श्रमिक महिला दिवशलाई लिने गरिन्छ । समानताको आवाजको आन्दोलन आज पनि महत्वपुर्ण छ । ११० औं (मार्च ८) अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहदा महिला अधिकार उपलव्धि अवसर र चुनौतीको रूपमा रहेको छ । सन् १०११ देखि आज ११० औं मार्च ८ मनाई रहदा पनि यस्को प्रभाकारीता र आवस्यकता छ ।

विश्वमा महिला अधिकारको आन्दोलन

जहाँ दमन हुन्छ त्यहाँ प्रतिकार र विद्रोह हुन्छ । पितृसत्ताको चरम दमनले समानताका पक्षधर महिलाहरू चुपचाप बस्न सकेनन् । सन् १७७९ मार्च ८ का दिन वेलायती महिला मेरी उल्स्टानेक्यफ्टले विश्वमा पहिलो पटक पुरुषहरूले महिला माथि गरेको कठोर शासनको विरोध गर्दै शासनमा महिलाको समान हक हुनु पर्छ भन्ने सवाल उठाइन् ।

सन् १८३२ मा हलैण्डको कपडा मिलवाट असमान तलवको विरुद्ध विरोध प्रदशन गरेका थिए । अठारौं सताव्दीमा युरोप भरि नै क्रान्तिको हुरी चल्दै थियो, ठिक त्यसैवेला सन् १८४८ मा कालमाक्स र एंगेल्सद्रारा कम्युनिष्ट घोषणा पत्रको प्रतिपादन भयो । कालमाक्सले प्रतिपादन गरेको कम्युनिष्ट विचारले महिला प्रति गरेको दमनको विरोध गर्दै समान अधिकारको लागि महिलाहरूले उत्पादनको क्षेत्रमा सहभागि हुनु पर्छ भन्ने आवाज उठ्यो ।

दार्शनिक प्रुधोले महिलाहरू घरभित्र नै सिमित हुनु पर्छ उनिहरूको काम घरभित्रको मात्र हो भन्ने विचार आयो । समाजमा दुई फरक विचारहरू वाहिर आए पस्चात महिलाहरूको मताधिकारको लागि भैरहेको आन्दोलनलाई समेत विभाजन गर्यो । त्यतिवेला महिलाहरूले भोट दिने अधिकार समेत पाएका थिएनन् उक्त विचारले विभाजनले मताधिकारको लागि भैरहेको आन्दोलन समेत केहि समय निष्क्रिय बन्यो । सन् १९०८ बाट अमेरिकन महिलाहरूले उक्त आन्दोलन पुन सुरू गरेर सन् १९९३ मार्च ८ मा न्युजैरल्याण्डका महिलाहरुको विशाल एकताको प्रदर्शनले मताधिकारको अधिकार प्राप्त गर्न सफल भए ।

एकता सबै भन्दा ठुलो शक्ति हो भने एकताको प्रदशन शक्तिशाली हतियार पनि हो । विश्वका महिलाका लागि मार्च ८ झनै महत्पपुर्ण बन्दै गयो । यसले विस्वका महिलाहरूलाई समान अधिकारका लागि लड्ने प्रेरणा, हौसला, दिशा र शक्ति प्रदान ग¥यो ।

विश्वमा मार्च ८ को सुरूवात

समाजवादी महिलाहरूले सन् १९१० मा कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन गरे । उक्त सम्मेलनमा १७ देशका महिलाहरूको सहभागिता थियो उक्त सम्मेलनमा महिला नेत्री क्लारा जेट्किनले मार्च ८ को दिनमा विश्वका महिलाहरूले ठूला– ठूला ऐतिहासिक आन्दोलनहरू गरी उपलव्धि हासिल गर्न सफल भएकोले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् । सम्मेलनले उक्त प्रस्तावलाई सर्वसम्मतवाट पारित गर्यो । तत्पस्चात सन् १९११ देखि मार्च ८ विश्वभरी अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरूवात भयो ।

मार्च ८ पहिलो वर्ष जर्मनी, अष्टेलिया, अमेरिका, स्वीजरलैण्ड र डेनमार्कमा महिलाहरूले एकता प्रदर्शन गरेर मनाए । पछिल्ला वर्ष देखि चिन, रुस, बुल्गेरिया, फ्रान्स, जर्मन, इटाली र स्पेन लगायतका देशहरूमा समेत पचासौं हज्जार महिलाहरूले सभा जुलुस गरेर उल्लासका साथ मनाएको पांइन्छ । मार्च ८ ले विश्वका महिला अधिकारको लागि लड्ने एकता प्रदशन गर्ने अवशर प्रदान गर्यो । सवैलाई लड्ने प्रेरणा र हौसला, आँट प्रदान गर्यो । सन् १९११ देखि मार्च ८ ले अन्तराष्ट्रिय मान्यता प्राप्त गरी अन्तराष्ट्रिय उत्सवको रूपमा मनाउन थालियो । विश्वका श्रमिक महिलाहरूवाट सुरू गरेको आन्दोलन सबैका लागि प्रेरणा बन्यो ।

अन्तत संघर्षसिल जुझारू न्यायप्रेमी समानता चाहने सम्पुर्ण महिलाहरूले शान्ति र समानताका लागि उठाएको आवाजले संयुक्त राष्ट्रसंघको ध्यान आकर्षण ग¥यो । महिला पुरूष विच समानता कायम गर्ने उद्देश्यले सन् १९७२ को संयुक्त राष्ट्र संघ महासभाको राष्ट्रसंघीय साधारणसभाले सन् १९७५ लाई महिला वर्षको रूपमा मनाउने घोषणा ग¥यो । महिला विरूद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि संयुक्त राष्ट्रसंघको महासभाद्रारा १८ डिसेम्बर, १९७९ मा पारित भयो, ३० सेप्टेम्बर, १९८१ देखि नै लागु भयो ।

विश्वका १८० राष्ट्रहरूले महिला महासन्धिलाई अनुमोदन गरेको छ । उक्त महिला महाशन्धिलाई नेपाल सरकारले २२ अप्रिल १९९१ मा बिना सर्त अनुमोदन गरे पश्चात विश्वका महिलाहरूले अधिकार पाउन सफल भए । महिला महासन्धिले महिलाका सम्पुर्ण मानव अधिकारहरूलाई कानूनी मान्यता प्रदान गरेको छ । संयूक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरूलाई समान अधिकार प्रदान गर्दै संरक्षण गर्ने कानूनी दायित्व समेत प्रदान गर्यो ।

महिला अधिकारको लागि सवै भन्दा महत्वपूर्ण अन्तराष्ट्रिय दस्तावेजको रूपमा स्थापित भएको छ । महासन्धिमा जम्मा ३० वटा धारा छन् भने १ देखि १६ सम्मका धाराले महिलाको सम्पुर्ण अधिकार सुनिस्चित गरेको छ । महिला विरूद्ध हुने सवै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिलाई महिला महासन्धि भनिन्छ । महासन्धिलाई छोटोमा सिड (ऋभ्म्ब्ध्( पनि भनिन्छ ।

महिला महासन्धिका आधारमा विश्वका महिलाहरूले अन्तराष्ट्रिय तहबाट एकतावद्ध हुन अत्यन्त सहज बन्यो । सन् १९८० मा कोपेन हेगनमा प्रथम अन्तराष्ट्रिय महिला सम्मेलन गरे । सन् १९८५ मा नैरोविमा दोस्रो र सन् १९९५ मा चिनको राजधानी बेईजिङ्मा चौथो विश्व महिला सम्मेलन सम्पन्न गर्न सफल भए । चौथो विश्व महिला सम्मेलनले महिलासंग सम्वन्धित सरोकारका १२ वटा सवालहरू पारित गर्दै महिला अधिकारका क्षेत्रहरू समेत पहिचान ग¥यो ।

महिला महासन्धिको आधारमा बेइजिङ् सम्मेलनले पारित गरेका १२ वटा सवालमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई महिला पुरूष विचमा रहेका विभेद अन्त्य गरी समानता कायम गर्न संयुक्त राष्ट्रसंघले निर्देशन जारी गर्यो । नेपाली महिलाहरूको अथक प्रयास र निरन्तर संघर्ष पश्चात नेपालले पनि संविधान ऐन कानुनहरूमा महिलाका लागि विशेष व्यवस्था गरेर समावेशी शिद्धान्तका आधारमा आज राज्यका सबै संरचनामा एक तिहाई महिला आउन सफल भएका छन् ।

नेपालमा मार्च ८ को सुरुवात

नेपालमा २०१६ साल देखि मार्च ८ लाई नारी दिवसको रूपमा तत्कालिन सरकारले ठुला होटलमा सेमिनार गरेर सिमित व्यक्तिहरूले मनाउने गरेका थिए । २०३७ तथा २०३८ साल देखि मार्च ८ लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा महिला अधिकार प्राप्तिका लागि पञ्चायती व्यवस्थाले गरेको तानासाहको विरूद्ध मनाउन थालेको हो । मार्च ८ मा विदा नदिएकाले विदाको माग सगैं दमन धरपकड वन्द गर् भन्दै विशेष गरी कारखानावाट श्रमिक महिलाहरूको विशाल सहभागितामा मनाउन थालेको हो ।

२०३७ सालमा काठमाडौं पद्मा कन्या क्यम्पसमा प्रहरी हस्तछेप भएर महिलाहरू गिरप्तार समेत भए । पञ्चायती शासनमा कसैलाई वोल्ने हक थिएन । कसैलाई बोल्न नदिने चारजनाको भेला पनि गर्न पाइदैन थियो । मार्च ८ अन्तराष्ट्रिय दिवस भएकोले उक्त दिन प्रयोग गरेर महिला अधिकार खोज्न विरोद्ध प्रदशन गरिन्थ्यो । मार्च ८ सर्वप्रथम हेटौँडा कपडा उद्योगबाट नेपालमा नै पहिलो पटक २०३७ साल देखि खुल्ला रूपमा सडकमा उत्रेर पञ्चायती दमन विरुद्ध साहसिक संघर्षशील महिलाहरूले सुरु गरेको इतिहास छ ।

हेटौंडाका सघर्षशील महिलाहरू प्रहरिको घेरा भित्र पनि मार्च ८ मनाय भने कहिले प्रहरीको घेरा तोड्दै उत्साह पुर्वक पर्व मनाउदै आएका दिनहरू आज सम्म पनि स्मरणमा ताजै छ । मार्च ८ आउदा दशै आएको जस्तो अनुभव हुन्थ्यो, यसले आम महिलाहरूको आँट, विस्वास र स्वभिमानी वढाएको थियो । नेपालमा योगमाया न्यौपानेले असमानता अन्धविश्वास र गलत संस्कार विरूद्ध गरेको आन्दोलन देखि बृहत जनआन्दोलनमा महिलाको सक्रिय सहभागिता र अथक योगदान रहदै आएको छ ।

अवसर र उपलव्धिहरू

नयाँ सविधान कार्यन्वयन संगै समावेशी शिदान्तका आधारमा ऐतिहासिक अवसर लिन सफल भएका छन् । राष्ट्रियसभा, प्रतिनीधिसभामा, प्रदेशसभामा महिला एक तिहाई आउनु । स्थानीय तहमा महानगरपालिका ४, उपमहानगरपालिका १३, नगरपालिका २४६ वटा र गाउँपालिकाहरू ४८१ वटामा प्रमूख र उपप्रमुख गरेर ७४४ जना महिलाहरू आउनु महत्वपुर्ण उपलव्धि हो । जिल्ला सवन्वय समितिहरू ७६ वटामा ७६ जना नै प्रमुख उपप्रमुखभए २०५४ सालमा ७५ वटा जिल्लामा मात्र महिला उपप्रमुख वा उपसभापति वनेको इतिहास छ, ।

स्थानीय तह अन्तरगत ६६८० वडाहरूमा महिला ६६८० एक वडावाट २ जनाको दरले निर्वाचित भए । नेपालको इतिहासमा सवै भन्दा धेरै महिला निर्वाचित हुने अवसर प्राप्त गरेको पहिलो घटना हो । दलित महिलाहरू ठुलो संख्यामा निर्वाचित भएको ऐतिहासिक क्षणलाई मार्च ८ को सन्र्दभमा स्मरण गर्नु पर्छ ।

महिला महासन्धि अनुसार नेपालको संविधानले महिलाहरूलाई समावेशीका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारमा उल्लेखनीय रूपमा महिलाको सहभागिताले महिला आन्दोलनको उपलव्धिको रूपमा लिनु पर्दछ । प्रत्येक संरचनामा दुई पद मध्ये एकमा महिला आउनु पनि महत्वपुर्ण उपलव्धिको रूपमा दिनु पर्दछ । चुनौतीका रूपमा अझै पनि आममहिलाहरूको अवस्थामा परिवर्तन हुन सकेको छैन महिला विरूद्ध हिसामा खासै कमी आएको पाइदैन ।

महिलाप्रति हेर्ने दृष्ट्रिकोण सकारात्मक छैन, सोच र व्यवहारमा खासै परिवर्तन भएको अनुभव गर्न सकेको छैन । अर्को चुनौती संविधान कानुनमा व्यवस्था भएको भन्दा एक जना महिला पनि महिला आउन सकेका छैनन् यस्ले के देखाउछ भने नीतिले वाध्याकारी नबनाए सम्म महिला आउन सक्दैनन् भन्ने कुरा देखिन्छ ।

निर्वाचन क्षेत्र महिलाका लागि छैन यो पनि निकै ठुलो चुनौती हो यो अवस्था कहिले सम्म ? महिला ल्यउदा पनि संघर्ष योगदान र क्षमताको आधारमा नभई अधिकांस महिला निकटताको आधारमा भन्ने चर्चा छ । महिला आन्दोलनको लागि लागि राम्रो लक्षण होइन । यो सवै भन्दा ठुलो चुनौती हाम्रो अगाडि छ ।

पितृसत्तात्मक संरचना र यसले सिर्जना गरेका मूल्य, मान्यता, सोच, व्यवहार र परम्पराहरूले आज पनि महिलाहरू पाइलै पिच्छे विभेदको अनुभुति गर्नु भनेको ठुलो चुनौती हो । संघर्षका क्षणहरुको सम्झना गर्दैे समानता र समृद्धिका लागि नौला सम्भावनाहरुको खोजी गर्न आवश्यक छ ।

संस्कार र परम्परावादी सोचलाई परिवर्तन गर्न सामाजिक जागरण गराउन आवस्यक छ । महिला आर्थिक रूपले समृद्ध वन्न स्वरोजगारीका सम्भावना खोज्न त्यसका लागि जाँगर र हौसला आवस्यक छ । निर्वाचित महिलाहरूको नेतृत्व क्षमता विकास गर्दै सक्षता पुर्वक कार्य सम्पादन गर्ने अभिभारा चुनौतीपुर्ण छ । राजनैतिक अधिकारको आन्दोलन समाप्त भएता पनि आर्थिक समृद्धि र कु.सस्कार विरूद्धको अभियान चलाउन आवस्यक छ ।

लेखक राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*