हेटौंडा कपडा उद्योगबाट सुरु भएको महिला अधिकारको कुरा श्रमिक महिलामा अझै लागू हुन सकेन

भगवती पुणासैनी
२५ फाल्गुन २०७६, आईतवार ०७:४१

नारी दिवसको इतिहास

विश्व महिला अधिकारका सवालमा ८ मार्च जस्ले महिलाहरुको सामाजिक, आर्थिक, राजनैतिक र सबै खाले अधिकारलाई सम्वोधन गरेको छ ।
सन् १९०८ मा अमेरीकाको कपडा कारखानामा कामगर्ने मजदुर महिलाहरुले समान कामको समान ज्याला र आठ घण्टा मात्र कामको समय हुनपर्ने माग राख्दै आन्दोलन गरे ।

सोही आन्दोलनलाई स्मरण गर्दै १९०९ मार्च ८ मा शिकागो शहरमा दोस्रो सम्मेलन भयो । सन् १९९२ देखी क्लाराजेट्किनको नेतृत्वमा आन्दोलन सकृयता रह्ये । सबै जसो राष्ट्रमा महिलालाई मताधिकार थिएन महिलाले मताधिकार पाउनु पर्छ भन्दै आन्दोलन अगाडि बढ्यो १९९३ मा महिलाहरुले मताधिकार प्राप्त गरे । क्लाराकै नेतृत्वमा समानता नामक पत्रीकामा महिलाको सबै खाले अधिकारका विषयमा निकाल्दै आन्दोलनलाई थप सहयोग गर्ने वातावरण बन्यो ।

१९१० मार्च ८ मा डेनमार्कको कोपहेगनमा क्लाराजेट्किनको नेतृत्वमा बृहत रुपमा दास्रो सम्मेलन भयो । सो सम्मेलनको आयोजनाले मार्च ८ लाई महिलाको ऐतिहाँसिक उपलब्धि दिवसको रुपमा विश्वभर मनाउँने घोषणा भयो ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

हेटौैडा कपडा उद्योगबाट महिला अधिकारका आवाज

विश्व ईतिहाँसले ८ मार्चलाई मनाई रहदा नेपाली महिलाहरुले पनि आफ्ना हक अधिकारलाई संगठित रुपले आवाज वुलन्द गर्न मार्च ८ कै दिनलाई सम्वोधन गर्दै वि.सं. २०३७ सालमा हेटौंडा कपडा कारखानाका मजदुर महिलाहरु बाट सुरु गरियो ।

यसैगरी विराटनगर जुटमिल लगायत देशका विभिन्न जिल्लाबाट सशक्त रुपले अधिकारका आवाजहरु उठान गर्न थालियो । कारखानाबाट उठेको महिलाहरुको आवाजले देशव्यापी वनाइयो । महिलाहरुले अधिकारका निम्त निरन्तर लड्ने साहस पनि गरे । त्यतीवेला महिलाका निम्ती आश्वासन धेरै भए । कार्यान्वयन भएन । पछी कार्यान्वयनको चरणमा गएको छ । तर, पर्याप्त छैन ।

 

आवाज विहीन महिलाका लागि समान अधिकार दिलाउन सकेनौं

नारी दिवसमा महलिा अधिकारका धेरै कुरा उठाउँछौ । धेरै खालका कार्यक्रम गछौं । तर, पनि जसका निम्ती लड्नुपर्ने हो । उनीहरु सम्म अधिकारका कुरा उठीसकेको छैन ।

हामीले आज सम्म जति आन्दोलन गरेपनि आवाज विहिन हरुकालागी आवाज पुर्याउन सकेका छैनौ । जो साना ठुला कल कारखानामा कर्यरत महिला हुन वा विभिन्न क्षेत्रमा मजदुरी गर्ने किन नहुन । उनिहरुका लागि नीतिगत अधिकार हुदा कार्यन्वयन पक्ष फितलो हुदा अझै पनि मालिक र कामदार अनि त्यो भित्र पनि महिला र पुरुष विच विभेदका ठुला ठुला खाडल छन । ती खाडल पुर्न सक्ने आधार रुपरेखा बन्न सकेको छैन ।

एउटी महिलाले खोलाको बगरमा बाँस बसेर पिठिउँमा एउटा अर्काे काखमा बच्चा बोक्दै छाक टार्न गरेको ती नारीको दैनिकी संघर्ष अनि अन्य मजदुरी गर्ने महिलाहरुका लागि हाम्रा अधिकार र संघर्षका नाराले छुन सकेको छैन । हामी उनीहरु सम्म पुग्न सकेका छैनौं र उनिहरुलाई हाम्रा यस्ता दिवसिय अर्थात विशेष कार्यक्रममा सहभागी गराउन सकेका छैनौ । किनकी अधिकारका नारा संगै भोको पेटको मजवुरी उनिहरुका लागि पहिलो प्राथामिकता बन्न सक्छ ।

मजदुर महिला अधिकारका कुरा व्यावहारमा लागू गर्नु अहिलेको आवस्यक्ता

शहरमा महिला अधिकारका कुरा धेरै उठ्छ । सडकमा नारि दिवसका आवाज अझैपनि उठ्ने गरेको छ । तर, यस अनुसार कार्यान्यन भएको छैन । अझ गाउँ गाउँमा महिलाका अधिकारका कुरा उठ्ने गरेको छैन । हरेक विहानको मिर्मीरे देखि रात अवेर सम्म काममा व्यस्त हुने केही महिलालाई नारी दिवस भन्ने जानकारी समेत छैन ।

अझ अधिकारका कुरा संगै लान विशेष रणनीति योजना बनाएर लान अब स्थानिय सरकारले आफ्ना नीतिगत, सवालगत पक्षहरुलाई व्यावहारीक रुपले कार्यन्वयनको चरणमा लैजानसक्यो भने बल्ल यस्ता कुराको सम्वोधन हुन्छ । अहिले स्थानिय सरकारले समानता र समावेशी नारालाई कार्यन्वयनमा पुर्याउन यस्ता कुरालाई अगाडि बढाउन सकोस जुन सरकार जनताले प्रत्यक्ष हेर्दा देखिने छाम्दा भेटिने र सबैको पहुँच पुग्ने भएको सबैका आवाज समेट्न सकोस सम्पुर्णमा ११० अन्तराष्टिय नारी दिवसको हार्दिक शुभकामना दिन चाहन्छु ।

लेखक जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*