बेल्जियममा एक नेपाली युवाद्वारा रेलको लिकमा हामफालेर आत्महत्या

जनपत्र
२१ फाल्गुन २०७६, बुधबार ०७:०१

बेल्जियममा एक नेपाली युवाले आत्महत्या गरेका छन् । पर्वत जिल्लाको धाइरिङ घर भएका ३५ वर्षीय सुमन जैसीले बेल्जियमको आस्कोस्थित रेल लिकमा हाम फालेर आत्महत्या गरेका हुन् । उनी लामो समयदेखि डिप्रेशनमा रहेको बताइएको छ । अन्तराजातीय विवाह गरेका कारण उनी परिवारबाट बहिस्करणमा परेका थिए। यद्यपि उनको बाबुआमा, श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् ।

यद्यपि पछिल्लो समय उनी श्रीमती र छोरीसँग समेत छुटेर अलग्गै बस्दै आएका थिए। केही पछिल्लो समय आफूलाई पारिवारिक चिन्ता रहेकोबारे साथीहरूलाई दुखेको पोख्ने गरेका थिए। उनी आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*