विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना हेल्थ डेस्कले गर्‍यो स्वास्थ्य परीक्षण

जनपत्र
१९ फाल्गुन २०७६, सोमबार ०६:३८

पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ । दुई सातादेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार को स्वदेश फर्किने क्रममा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणमा उनको शरीरको तापक्रम सामान्य रहेको पाइएको छ ।

पूर्वराजा शाह पूर्वरानी कोमल शाहसहित भारतको अमृतसरमा रहेको पवित्र स्वर्ण मन्दिरको दर्शन गरी पूर्व स्वदेश फर्केका हुन् । पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर उनीहरु दुई हप्ताअघि त्यसतर्फ प्रस्थान गरेका थिए । स्वर्ण मन्दिर पुगेका पूर्वराजा ज्ञानेन्दले भारतको नयाँ दिल्लीमा रहँदा राजनीतिक भेटघाट समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*