‘सरकार र पार्टीमा कुनै समस्या छैन, विकास वजेटमा तिव्र रुपमा काम भइरहेको छ’– मन्त्री ढुंगेल

जनपत्र
१९ फाल्गुन २०७६, सोमबार ०५:४७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेलले सरकार र पार्टीमा कुनैपनि खालका समस्या नभएको वताउनु भएको छ । बागमती प्रदेशको विकास वजेट खर्च गर्नका लागि कुनैपनि चिन्ता नभएको स्पष्ट पार्नुभएको छ ।

जनपत्र डटकमसंग कुराकानी गर्दै उहाँले नेकपाका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री वन्नका लागि संबिधान संसोधन गर्न नसकिने वताउनुभयो । उहाँलाई प्रधानमन्त्री वनाउनका लागि अर्को चुनावमा निर्वाचित हुनैपर्ने वताउनुभयो । बामदेवलाई सांसद र मन्त्रीको भूमिकामा भइदिए हुन्थ्यो भन्ने आम कार्यकर्ता, जनता र आफुलाई पनि लागेको वताउँदै उहाँले भन्नुभयो–‘चुनावमा उहाँको क्षेत्रबाट उहाँलाई हराएपछि के गर्नु ? अहिले चुनिनु, मनोनित हुनुभन्दा अर्को चुनावमा बामदेवले जनताको मन जित्नुपर्छ ।’

पटक–पटक मन्त्री वनेर आफ्नो अग्नी परिक्षा दिइसक्नु भएकोले अहिलेको हकमा जनताले चुनामा पराजित गराएकाले सरकारमा जानु उपयुक्त नहुने वताउनुभयो । बागमती प्रदेशको विकास खर्च तिव्र गतिमा अगाडी वढेको मन्त्री ढुंङ्गेलले वताउनुभयो । गत पुस महिना सम्ममा विकास खर्च थोरै भएपनि अहिले भने त्यसमा बृद्धी भएको उहाँले वताउनुभयो । यसै सन्दर्भमा जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुंगेलसंग कुराकानी गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*