कोरोना भाइरसको उपचार गरिरहेकी नर्सले सरकारसँग मागिन् ‘ब्वाइफ्रेन्ड’
नको वुहानमा कोरोना भाइरस ‘कोविड -१९०बाट संक्रमित बिरामीहरूको उपचारमा जुटेकी एक नर्सले सरकारसँग ब्वाइफ्रेन्डको माग गरेकी छिन् ।
३० वर्षकी उक्त नर्सले कोरोनाको महामारी सकिएपछि सरकारले एउटा ब्वाइफ्रेन्ड उपलब्ध गराउने आशा प्रकट गरेकी हुन् ।सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनले आफूलाई ब्वाइफ्रेन्ड चाहिएको बताएकी छिन् ।
‘मलाई साँच्चिकै एउटा ब्वाइफ्रेन्ड चाहिएको छ, अहिले मलाई वुहानमा कोरोना भाइरससँग लड्न फुर्सद छैन तर यो महामारी समाप्त भएपछि सरकारले मलाई एउटा ब्वाइफ्रेन्ड देला भन्ने आशा छ,’ उनले भिडियोमा भनेकी छिन् ।






