तीन दिनको लगातार हिंसापश्चात् दिल्लीमा तनावपूर्ण वातावरण

लगातार तेस्रो रात पनि दङ्गा भड्किएपछि दिल्ली अहिले तनावपूर्ण अवस्थामा छ। सन् १९८४ मा सिख समुदायविरुद्ध भएका दङ्गापश्चात् यसपटक भारतको राजधानीले अर्को हिंसक दङ्गा बेहोरेको छ।
यसपालीको दङ्गा विवादास्पद नागरिकता कानुनका पक्षधर तथा विपक्षीबीच झडप हुन थालेपछि आइतवारबाट सुरु भएको थियो। तर त्यसपश्चात् दङ्गाले साम्प्रदायिक हिंसाको स्वरूप ग्रहण गरेको छ। कैयौँ मुस्लिममाथि हमला भएका विवरण आएका छन्।