विश्वकै वृद्ध प्रधानमन्त्री महाथिरले दिए राजीनामा

जनपत्र
१३ फाल्गुन २०७६, मंगलवार ०६:४०

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए । रज्जाक सरकारी कोषसँग सम्बन्धीत करौडौँ रकमको घोटालामा संलग्न थिए ।

गएको केही दिनदेखि महाथिर मोहम्मद र ७२ वर्षीय अनवर इब्राहिमबीच सत्ताको खिचातानी चलिरहेको बताइएको थियो । जसका कारण महाथिरले मलेसियाका सुल्तान अहमद शाहलाई आफ्नो राजीनामा सुम्पिएका हुन् । महाथिर लामो समयसम्म बार्सिन नेसलन पार्टीको सदस्य थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*