बागमती प्रदेश सरकारको तयारीः ३० वटा विधुतिय वस खरिदका लागि एक हप्तामै ग्लोवल टेण्डर गरिने

हरि हुमागाईं
१२ फाल्गुन २०७६, सोमबार ०६:४४

हेटौंडा । बिधुतिय वस खरिदका लागि बागमती प्रदेश सरकारले एक हप्ता भित्रनै टेण्डर गर्ने तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विधुतिय वस खरिदका लागि सवै तयारी पुरा गरेर टेण्डर निकाल्न लागेको हो ।

मन्त्रालय अन्तरगतको विधुतिय सवारी साधन तथा सरसफाई उपकरण खरिद सहजीकरण समिति मार्फत सवै काम गर्दै आएको छ । विधुतिय वस खरिदका लागि बितेको आर्थिक वर्षमा साझा सहकारीलाई ३० करोड रुपैयाँ प्रदेश सरकारले दिएर काम गर्ने तयारी गरिएपनि त्यो रकम दिइएको थिएन । अव भने चालु आर्थिक वर्षको वजेटमा करिव ३५ करोड रुपैयाँ लागतमा ३० वटा वस खरिद गरिने विधुतिय सवारी साधन तथा सरसफाई उपकरण खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलाले जानकारी दिनुभयो । वस खरिदका लागि ग्लोवल टेण्डरको तयारी गरिएको छ ।

हेटौंडा–काठमाण्डौं रुटमा ६ वटा वस र काठमाण्डौ उपत्यकामा २४ वटा वस सञ्चालन गरिने

बागमती प्रदेश सरकारले खरिद गर्न लागेको विधुतिय वस हेटौंडा–काठमाण्डौं रुटमा ६ वटा ठुला खालका एसी सहितको सुविधा सम्पन्न वटा वस सञ्चालन गर्न लागिएको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा २४ वटा सीटी वस सञ्चालन गर्न लागिएको संयोजक निरौलाले जानकारी दिनुभयो । प्रदेश सरकारले सञ्चालन गर्ने वस आरामदायी र यात्रुको सुविधाका लागि ध्यान दिएर सञ्चालन गर्न लागिएको हो ।

फाइल तस्बिर ।

विधुतिय वस खरिद गर्न पर्याप्त वजेट छैन

बागमती प्रदेश सरकारले विधुतिय वस खरिदका लागि भनेर चालु आर्थिक वर्षमा छुट्टै वजेटको व्यावस्था गरेको छैन । वितेको आर्थिक वर्षमा राखिएको वजेट खर्च हुनै पाएन । तर, चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयले विधुतिय वस खरिद गर्नका लागि १० करोड रुपैयाँ खर्च गर्न सक्ने छ । यो रकम विधुतिय वस खरिद गर्नका लागि भनेर किटान गरेर राखिएको वजेट भने होइन ।

विधुतिय वस खरिद गर्नका लागि रकमको कुनै कमी नहुने वताउँदै विधुतिय सवारी साधन तथा सरसफाई उपकरण खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलाले भन्नुभयो–‘अर्थ मन्त्रालयसंगको सहकार्यमा रकम जम्मा गर्ने तयारी गरिएको छ । अन्य शिर्षकबाट रकमान्तर गरेर वस गर्न सकिन्छ ।’ अहिले ग्लोवल टेण्डर गर्न भन्दा बडी रकम प्रदेश सरकारसंग छैन । वस खरिद गर्नका लागि प्रदेश सरकारले अन्य शिर्षकबाट रकमान्तर गरेर मात्र वस खरिद गर्न सक्छ । सरकारले वस खरिद गर्दा रकमको सुनिश्चितता नभइकन टेण्डर गर्न नपाइने कानूनी व्यवस्था छ ।

बिधुतिय वसका लागि चार्जिङ स्टेसन निर्माण गर्ने अन्यौल कायमै

बागमती प्रदेश सरकारले विधुतिय वस खरिद गर्ने अन्तिम तयारी गरिरहँदा चार्जिङ स्टेसन भने कहाँ निर्माण गर्ने भन्ने अन्यौलता कायमै छ । चार्जिङ स्टेसन निर्माण गर्नका लागि बिधुत प्राधिकरण, सघीय सरकार र प्रदेश सरकारको समन्वयमा मात्र निर्माण गर्न सकिन्छ ।

समितिको तयारी अनुसार वस समयमै नेपाल भित्रीएमा चार्जिङ स्टेसन विना वस त्यसै थन्कने देखिन्छ । तर, यसको सवै तयारी भएको समितिका संयोजक निरौला वताउनुहुन्छ । चार्जिङ स्टेसन हेटौंडा उपमहानगरपालिका, भरतपुर, धादिङ र काठमाण्डौमा निर्माण गर्न लागिएको छ । यसका लागि ठ्याक्कै कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन भने छैन । यता विधुत प्राधिकरणले पनि वस चार्ज गरेको कति रकम लिने भन्ने अन्यौलता पनि कायमै छ ।

बिधुतिय वस खरिद गर्नका लागि प्रदेश सरकारका तीन मन्त्रालय एक जुट

बागमती प्रदेश सरकारले खरिद गर्न लागेको विधुतिय वस खरिदका लागि तीन मन्त्रालय उत्साही र तयारी हालतमा छन् । प्रदेशको मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तिम तयारीमा छन् । पहिले साझा सहकारी मार्फत वस खरिद गर्नमा आर्थिक मामिला मन्त्रालयका सचिव र तत्कालिन प्रमुख सचिवको त्यती सहमत थिएन ।

अहिले ठुलो रकममा विधुतिय वस खरिद गर्ने भएपछी सवै पक्ष एकजुट भएर लागेका छन् । वस खरिदमा यो वर्ष भने रोक्नका लागि बाधक कोही पनि देखिदैन । तर, वस निरन्तर सञ्चालन गर्ने तयारी भने त्यती देखिदैन । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले विधुतिय सवारी साधन तथा सरसफाई उपकरण खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलासंग गरिएको अडियो कुराकानी । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*