साउदी अरब जाँदैहुनुहुन्छ ? यी १५ काम नगर्नुहोस्, नत्र मृत्युदण्ड हुनसक्छ !

जनपत्र
११ फाल्गुन २०७६, आईतवार ०६:३०

साउदी अरबको कानुन अन्य देशकोभन्दा निकै कडा छ । अन्य देशमा सामान्य अपराध मानिने घटनामा पनि साउदीमा मृत्युदण्डको फैसला हुनसक्छ । आउनुहोस्, तपाईंलाई हामी १६ अपराधबारे जानकारी दिनेछौं, जसलाई साउदी अरबमा मृत्युको सजायँ दिइन्छ ।

१। कुनैपनि हत्याको जघन्य योजना बनाएको पाईएमा

२। नियोजित हत्याजस्ता घटनामा

३। आतङ्कवादी गतिविधिमा संलग्न भएको पाईएमा

४। बलात्कार वा अन्य यौन अपराधमा

५। साउदीको कानुनले वेश्यावृत्ति गर्न पनि बन्देज गरेको छ । यदि त्यस्तो पाइएमा मृत्युदण्ड हुनेछ ।

६। देशलाई क्षति पुर्याउन पाइने छैन । सरकारी सेवामा लागेका व्यक्तिलाई मार्नेलाई मृत्युदण्ड दिइनेछ ।

७। समलिङ्गीसँग सहमतिमा शारीरिक सम्बन्ध राख्दासमेत मृत्युदण्ड हुनसक्छ ।

८। कसैको सम्पत्तिमा आगो लगाए मृत्युदण्ड दिइनेछ ।

९। डाका र लुटपाट गर्नेलाई मृत्युदण्ड हुनेछ ।

१०। घरमा घुसेर या फोरेर चोरी गरेमा मृत्युदण्ड हुनसक्छ ।

११। प्रतिबन्धित नसालु पदार्थ ओसार पोसार गरेमा

१२। देशको धर्मको आलोचना गरेमा या धर्मविरुद्धमा कुनै पनि प्रकारको दुर्भावना फैलाएमा

१३। सरकार या सेनासँग जोडिएको तथ्यसँग जासुसी गरेमा मृत्युदण्ड हुन्छ ।

१४। नसालु पदार्थ जोडिएको औषधी प्रयोग गरेमा मृत्युदण्ड हुनसक्छ ।

१५ जादु वा टुनामुना गरेमा मृत्युदण्डको सजाय हुनसक्ने प्रावधान छ ।
साझापोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*