बागमती प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया थाल्दै

संघबाट प्रदेशमा आएका एक सय जना कर्मचारीले राजिनामा दिएका छन् । स्थानीय तहमा कर्मचारी अभावको समस्या समाधान गर्न यही वर्ष कर्मचारी भर्ना गर्न सुरु गरिने भएको हो ।
हरि हुमागाईं
१० फाल्गुन २०७६, शनिबार ०८:१७

हेटौंडा । बागमती प्रदेशको लोकसेवा आयोगले चालु आर्थिक वर्षको असार महिना सम्म कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्नका लागि समस्या भइरहेको समयमा प्रदेशको लोकसेवा आयोगले असार महिना सम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको हो ।

प्रदेश लोकसेवा आयोगमा तीन जना पदाधिकारी र तीन जना कर्मचारीका भरमा काम गरिदै आएको छ । भवन अभावका कारण काम गर्न त्यतीकै समस्या छ । तै पनि आयोगले कर्मचारी भर्नाको कामलाई प्राथमिकताका साथ काम गरिरहेको बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले वताउनुभयो ।

प्रदेश र स्थानीय तहमा जुन पदका धेरै कर्मचारी आवस्यक छ त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने वताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘आवस्यक्ताका आधारमा कर्मचारी भर्ना गरेर काम गर्ने तयारीमा छौ । धेरैजसो समस्या बागमती प्रदेशका स्थानीय तहमा कर्मचारीको समस्या छ । त्यसैले पनि असार महिना सम्ममा कर्मचारी भर्ना गर्नेगरी काम थालेका छौं ।’

बागमती प्रदेशमा आइसकेका एक सय जना कर्मचारीको राजिनामा

बागमती प्रदेशमा आइसकेका एक सय जना भन्दा वडी कर्मचारीले राजिनामा दिएका छन् । संघीय सरकार मातहत रहेका कर्मचारी प्रदेश मातहत आउने अनी राजिनामा दिनेक्रम वढेर गएको छ । संघबाट प्रदेशमा आउँदा कर्मचारीहरु दुई तहसम्म वढुवा भएका छन् ।

वढुवा भएपछी राजिनामा दिदा पेन्सन रकम पनि वडी आउने भएकाले प्रदेशमा आएर राजिनामा दिने प्रचलन वढ्न थालेको हो । प्रदेश र स्थानीय तहमा कर्मचारी पनि अभाव र भएकालेनै राजिनामा दिएपछी यो समस्याको समाधान गर्न कर्मचारी भर्ना प्रक्रिया अगाडी वढाइएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रदेश र स्थानीय तहमा अव जाने कर्मचारी प्रदेश लोकसेवा आयोगले भर्ना गर्ने

स्थानीय सरकार र प्रदेश सरकार गठन भएको यो पहिलो चरणमा संघीय सरकारका कर्मचारीलाई दुइतह सम्म वढुवा दिएर पठाइएको छ । स्थानीय तह र प्रदेशमा जाने कर्मचारीलाई रोजेर वढुवा गर्दै पठाइएको हो । अव भने संघीय सरकारका कार्यालयमा संघीय लोकसेवा आयोग र प्रदेशमा प्रदेश लोकसेवाले कर्मचारी भर्ना गर्ने कानूनी व्यावस्था छ ।

प्रदेशले भर्ना गरेका कर्मचारीनै स्थानीय तहमा खटाइने छ । अहिले पनि संघबाट आएका कर्मचारी सुगम क्षेत्रका प्रदेश र स्थानीय तहमा धेरै आएकाले हाजिरर नगराउने र दुर्गम क्षेत्रमा कर्मचारी जादै नजाने समस्या छ । प्रदेशले कर्मचारी भर्ना गर्न थालेपछी यो समस्या हट्ने छ ।

प्रदेश र स्थानीय तहमा आवस्यक्ताका आधारमा कर्मचारी भर्नाको काम निरन्तर गर्दै जानेगरी काम थाल्ने तयारीमा आफु रहेको अध्यक्ष श्रेष्ठले वताउनुभयो । यसै सन्धर्वमा बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठसंग जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले गरेको अडियो कुराकानी । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*