बागमती प्रदेशका २२० युवालाई उद्यमसंग जोड्दैछौं– मन्त्री नेपाल
हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलयले युवाहरुलाई उद्यमसंग जोड्नका लागि कार्यक्रम ल्याएको छ । प्रदेशका युवाहरुलाई ६ महिना सम्मको खान, वस्न सहित तालिम दिने र प्रविधि हस्तान्तरण गरेर कामसंग जोड्न लागेको हो ।
पहिलोचरणमा २ सय २० जना युवालाई ११ प्रकारका तालिम दिनेगरी काम थालेको छ । तालिम लिइसकेपछी युवाहरुले सिधै काम गर्नका लागि थप सहजता हुनेछ । विशेषगरी युवाहरुलाई विभीन्न सिपमुलक तालिमसंगै कामसंग जोड्न लागिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । तालिमका लागि सवै तयारी पुरा भएको छ ।
यसैगरी मन्त्रालयले मकवानपुर र काठमाण्डौमा हाइटेक नर्सरी स्थापना स्थापना गर्न लागेको छ । हाइटेक नर्सरीमा फलफूल र विभीन्न जातका विरुवाहरुलाई हुर्काएर रोप्नका लागि तयार पारिने छ । दुई जिल्लामा स्थापना गरिएका नर्सरीबाट प्रदेशका सवै जिल्लामा विरुवा वितरण गर्ने तयारी गरिएको छ । पहिलेका परमपरागत वनका नर्सरी भन्दा धेरै उत्कृष्ट नर्सरी स्थापना गर्न लागिएको मन्त्री नेपालले वताउनुभयो ।
प्रदेश सरकारले मकवानपुरको मनहरीमा कागज उद्योग स्थापना गर्नका लागि तयारी थालेको छ । निजी क्षेत्र संगको सहकार्यमा कागज उद्योग स्थापना गरिएको हो । अहिले विदेशबाट कागज आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो काम गर्न लागिएको उहाँले वताउनुभयो । कागज उद्योग स्थापना गर्नका लागि दुई अर्व रुपैया भन्दा वढी लगानी पर्ने छ ।
प्रदेश सरकारले आफ्नै औद्योगिक क्षेत्र निर्माणका लागि काम थाल्ने भएको छ । औद्योगिक क्षेत्र निर्माण गरेर विभीन्न खालका उद्योगहरु खोल्नका लागि प्रोत्साहित गर्ने तयारी गरिएको हो । यसै सन्धर्वमा जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालसंग कुराकानी गर्नुभएको छ । सुनौ उहाँसंग गरिएको अडियो कुराकानी ।







