नेपालको ओडिआई वरियतामा सुधार

जनपत्र
५ फाल्गुन २०७६, सोमबार ०६:३६

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० एक दिवसिय अन्तर्राष्ट्रिय ९ओडीआई० वरियतामा सुधार गरेको छ । नेपालले आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्युगिनी छन् । शीर्ष स्थानमा इंग्ल्यान्ड छ । भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान शीर्ष १० मा छ ।

आयरल्यान्ड ११ औं, जिम्बावे १२ औं, नेदरल्यान्ड १३ औं, ओमान १४ औं र स्टकटल्यान्ड १५ औं स्थानमा छन् । नेपाल र अमेरिकासँगको त्रिकाणात्मक ओडीआई सिरिजमा शतप्रतिशत जितेको ओमानलाई ओडीआई वरियतामा राम्रो सहयोग पुगेको छ । चारै खेल हारेको अमेरिका खस्किन पुग्यो । टि ट्वान्टीमा भने नेपाल १२ औं स्थानमा यथावत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*