बिना मोजा जुत्ता लगाउने बानी छ ? यसकारण हुनुहोस् होसियार

आजभोलि मोजा नलगाई जुत्ता लगाउने चलनले हामीलाई कतिको नराम्रो प्रभाव पारिरहेको छ भन्ने धेरैलाई थाहा छैन । विशेषगरी पुरुषहरुले त्यसरी मोजा नलगाई जुत्ता लगाएर हिँड्ने गरेका छन् फलस्वरुपः खुट्टामा संक्रमण हुने खतरा बढी हुन्छ । खुट्टाको उपचार गर्ने विशेषज्ञले पनि यस्तो फेशनको विरोध गरेका छन् । १८ देखि २५ वर्षका पुरुषले बिना मोजा र खराब फिटिङ भएको जुत्ता लगाएर हिँड्ने गरेको उनीहरुले बताए । यसो गर्दा धेरै रोग लाग्न सक्ने उनीहरुको भनाइ छ ।
त्यसमाथि पनि कतिपय सेलिब्रेटीहरुले नै यसरी बिना मोजा लगाएर टिभीमा देखिने गरेपछि यस फेशनलाई अझ धेरैले अपनाएका छन् । आजकलका युवाहरु स्वास्थ्यको ख्याल नगरी त्यस्तै फेशनको पछि लागिरहेका छन् । विशेषज्ञका अनुसार एकदिनमा खुट्टाबाट ३०० मिली लिटर पसीना निस्किन्छ ।
यस्तोमा धेरै गर्मी भएका दिन त सामान्य मानिसको खुट्टामा पनि खेलाडीको जस्तै फंगसले संक्रमण गर्न सक्छन् । झनै मोजा नलगाउने मानिसमा यस्तो संक्रमण सजिलै फैलन्छ । खुट्टाकी विशेषज्ञ एमाले पनि धेरै पसिनाको परिणाम निकै नराम्रो हुने बताएकी हुन् ।
संक्रमणबाट बच्नका लागि एमाले यस्तो सुझाव दिएकी छन् :
१। सकेसम्म कम समयका लागि मात्र बिना मोजा यात्रा गर्ने
२। जुत्ता लगाउनु अघि खुट्टाको तल पसिना नआउने स्प्रे लगाउने
३। यति गर्दागर्दै पनि तपाईको खुट्टामा संक्रमण भयो र दुख्न छाडेन भने तुरुन्तै चिकित्सक कहाँ गइहाल्नुपर्छ ।