रेडियो मकवानपुरलाई फुटसलको उपाधी

जनपत्र
१८ माघ २०७६, शनिबार १९:१०

हेटौंडा / दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २२औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम रेडियो मकवानपुरकप फुटसल प्रतियोगिताको उपाधी आयोजक रेडियो मकवानपुरले जितेको छ । शनिबार भएको फाइनल खेलमा साझाकुरा दैनिकलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

उपाधीसँगै रेडियो मकवानपुरले नगद १५ हजार रुपैयाँ र उपविजेताले ७ हजार रुपैयाँ पुरस्कार पाएको छ । शनिबार भएको फाइनल खेलमा रेडियो मकवानपुरको तर्फबाट विक्रमकुमार बानियाँले २ र गणेशदर्पण अधिकारीले १ गोल गरेका थिए भने साझाकुराको तर्फबाट सुवास विडारी र भुवन घलानले १-१ गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच साझाकुराका गोलरक्षक भानुभक्त चौलागाईं घोषित भए । प्रतियोगिताको विजेता र उपविजेतालाई आज हुने समापन समारोहमा पुरस्कार वितरण गरिने रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*