हेटौंडाको माछा प्लान पर्यटकिय स्थलको रुपमा विकास गरौं

यस क्षेत्रमा पर्यटकलाई डुङ्गा चढाउन सकिन्छ । पोखरीलाई सुन्दर वनाएर शहिद स्मारक भन्दा उत्कृष्ट पर्यटकिय गन्तव्य वनाऔं ।
अधिवक्ता ध्रुर्व प्रसाद चौलागाईं
१२ माघ २०७६, आईतवार १२:०९

हेटौडा बजारबाट अढाई किलोमिटर नजिक नेपालको धेरै पर्यटक आउनसक्ने सुरक्षीत रुपमा डुङ्गा चलाउन सकिने आकर्षणको केन्द्र बन्न सक्छ र बनाउन सकिन्छ भन्ने कुरा सायदै हामी कल्पना गर्न सक्दछौ । तर यो सम्भब छ । कसरी सम्भब छ र यो स्थानको बारेमा किन अहिले सम्म कसैको ध्यान पुगेन भन्ने बारेमा हामीले छलफल गर्नु आवश्यक छ ।

मकवानपुर जिल्लाको हेटौडा ५ स्थित प्राकृतिक जलासय मत्सय प्रवर्धन एवं संरक्षण केन्द्र हेटौडा माछा पोखरी ७२ बिगाहा क्षेत्रफलमा रहेको छ । यसको विचमा कान्तिराजथ छ । पश्चिमतर्फ ४ वटा ठुला पोखरी र फुटवल खेल्ने केही खाली जग्गा रहेको छ । पुर्वतर्फ पोखरी खाली जग्गा र जंगलसम्म जोडिएको पोखरीहरु रहेकका छन ।

यसको किनाराको लम्बाई ५ किलोमिटर भन्दा बढी रहेको छ । प्राकृतिक जलासय मत्सय प्रवर्धन एवं संरक्षण केन्द्र हेटौडा, माछा पोखरीले अहिले माछाका भुरा उत्पादन गर्ने र माछा उत्पादन गर्दै वेच्ने गरेको छ । पहिले यस स्थानमा हाँस पनी पालिने गरेको थियो ।
यो एउटा ठुलो र राम्रो प्राकृतिक जलासय भएर पनि प्रयाप्त मात्रामा उपयोग लिन सकएको थिएन र छैन ।

समयको परिवर्तनसंगै यसलाई उपयोग गर्ने सम्बन्धमा निम्न कुराहरु गर्नसकिने भएकोले सार्वजनिक रुपमा छलफल चलाउन सबैमा अनुरोध गर्दछु ।

१,पोखरीलाई गहिरो वनाई प्राविधीकको सल्लाहा बमोजिम पोखरी फुटेर जान नसक्ने गरी सिमेन्टेड वाल वनाउने जसवाट पानीको चुहावट पनी कमहुन्छ र शान्तिनगरको सुरक्षा पनी हुन्छ । साथै वर्षातको समयमा चाँडो पानी कटाउन कर्राखोलातर्फ निकाश बनाउने र तुरुन्तै पानी सुक्ने व्यवस्था गर्ने ।

२, यसरी गहिरो र व्यवस्थित बनाई माछा पोखरीको दुईतिर रहेको पोखरीहरुलाई एकिकृत गर्ने, कान्तिराजपथको बाटोको दायाँबाँया आउन जान सकिने गरी पोखरीको बिचमा पर्ने गरी कान्तिराजपथमा डुङ्गा आउन जान सक्ने गरी सानो पुल वनाउने, यसरी कान्तिराजपथमा पुल वनाएपछी हामी पाँच किलोमिटर सम्म डुङ्गा चलाउदै पुलमुनीबाट ओहोर दोहोर गर्दै कान्तिराजपथ पार गर्दै जंगलसम्म जान आउन सक्दछौ ।  यो देशकै एकमात्र एउटै स्थानमा सुरक्षीत रुपमा डुङ्गा चलाएर घुम्नसक्ने स्थान हुनेछ जुन नेपालको सबै भन्दा बढी पर्यटक आउने स्थान पनि हुनेछ । भने अर्कातर्फ डुङ्गा चलाउदा माछालाई हुर्कन र बढन समेत सहयोग गर्नेछ ।

३, पाँच किलोमिटर भन्दा बढी रहेको माछाप्लानको छेउबाट हाललाई साईकल लेन र पैदल मार्ग वनाउने । यो पैदलमार्गलाई बिरुतार गरी मनकामना मन्दिरसम्म जंगलको विचमा सुरक्षा सहितको पैदलमार्ग वनाउने र क्रमशः मनकामनामा भ्यु–टावर समेत वनाई माछापोखरी सम्म आउने केवलकार वनाउन सकिनेछ ।

४, यस क्षेत्रमा बिभिन्न प्रजातीका बिश्वभरी रहेका माछा, हाँसहरु संकलन गरी पाल्ने र देशविदेशका मानिसहरुको लागी हाँस एवं माछाको अध्ययन गर्ने एकमात्र अध्ययन केन्द्र वनाउन सकिनेछ । मनविय वस्तीको बिचमा पानीपोखरी हुनु भनेको वातावरण, बनस्पती र मनिसको स्वाथ्यको लागि अति उपयोगी हुने भएकोले विकशीत मुलुकहरुले शहरको विचमा नहर, पोखरी वनायर उपयोगमा ल्याएका छन । पानीवाट सबैतीर सकारात्मक प्रभाव पर्ने भएकोले यसलाई सही तरिकाले उपयोग गर्ने आजको आवश्यक्ता पनी हो ।

हामी मकवानपवासीहरुले शहरको विचमा भएको माछापोखरीलाई समेत उपयोग नगरेर वत्तीमुनीको अध्यारो, नजिकको तिर्थहेला जस्तै गरी वसीरहेका छौ । तसर्थ हामीहरुको नजिकै रहेको प्राकृतिक जलासय मत्सय प्रवर्धन एवं संरक्षण केन्द्र हेटौडा माछा पोखरीलाई उपयोग गर्नको लागि राज्यको ध्यानाकर्षण गराउने अभियानको थालनी हामीले गरेका छौ । यसलाई कसरी उपयोग गर्ने भन्ने राज्यको आफ्नो निति योजना पनि होला तर यस क्षेत्रलाई यसरी उपयोग गर्दा राम्रो हुन्छ ।

यो नेपालको एकमात्र ठुलो र सुरक्षीत पोखरी हुनेछ । याँहा माछा र हाँसको अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिन्छ त्यसैले आउनुस यसवारेमा छलफल गरौ र स्थानिय सरकार, प्रदेश सरकार , केन्द्र सरकारसंग समेत छलफल गरेर यो क्षेत्रको विकाश र प्रवर्धन गरौ जस्ले गर्दा यो क्षेत्र देशको सवैभन्दा वढी पर्यटकहरु आउने र एकै स्थानमा दिनभरी मानिसहरुले डुङ्गामा घुम्नसक्ने स्थान हुनेछ । जाहाँ जल, जंगल, डुङ्गाको आनन्द लिनुका साथै प्राकृतिक स्वच्छतामा रमाउने उपयुक्त स्थान हुनेछ । यो एउटा उदहारणिय कार्य पनि हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*