पर्यटक कुर्दै हेटौंडाको गुप्तेश्वर महादेब गुफाथान (भिडियो सहित)

दिपक सिंह रुम्बा
५ माघ २०७६, आईतवार ०७:२१

हेटौंडा, ५ माघ/नेपाल सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा राजदेवीमा रहेको गुफाथानले आन्तरिक तथा बाह्रय पर्यटकलाई कुरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिका १८ राजदेवीमा रहेको गुप्तेश्वर महादेब मन्दिर गुफाथानको प्रचार प्रसार र उचित संरक्षणको अभावमा हेटौंडाको नजिक भएरपनि धेरैलाई थाहा नभएको स्थान हो ।

हेटौंडाबाट सवारी साधनमा जाँदा ३० मिनेटको दुरीमा रहेको गुफा थानमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षण गर्न सक्ने प्रचुर सम्भावना छ । २०५३ सालमा बशन्त ढुङ्गानाको संयोजगत्वमा चन्द संकलनगरि प्रथम चरणको मर्मत सम्भार भएको थियो । त्यसपछि त्यस क्षेत्रमा खासै मर्मत सम्भारको काम भएको दखिदैन ।

राजदेवी चोक भन्दा उत्तरतिर जंगलको फेदीमा प्राकृतिक गुफको भित्तामा बिचित्रको आकृतीहरुले सजिएको छ । गुफ भित्र गुप्तेश्वर महादेब को पूजा गरिन्छ । गुफा भित्र छिर्ने ठाउँ सानो भएपनि गुफा भित्र ठुलो ठाउँ र मनमोक आकृतीहरुले सजिएको छ । गुफासंगै झरझर पानी झरिरहने झरनाको दृश्यले पनि मन लोभ्याउँछ । यो गुफाको संरक्षणमा सरकारको ध्यान जाने हो भने पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्ने छ ।
हेर्नुस भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*