सास्कृतिक पर्ब ल्होछारको अवसरमा हेटौडामा दोस्रो सोनाम ल्होछार महोत्सब हुने

तामाङ समुदायको महान सास्कृतिक पर्व २८५६ जीवा ल्होरमुसा वर्ग सोनाम ल्होछारको अवसरमा हेटौँडामा ‘दोस्रो सोनाम ल्होछारको महोत्सव’ हुने भएको छ । यही माघ १० र ११ गते हेटौँडाको टिसिएन चौरमा हुने महोत्सबको बारे ल्होछार महोत्सव मूल समारोह समितिले बिहिबार हेटौडामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवमा तामाङ समुदायको भेषभुषा, सस्कृति, रहनसहनको प्रदर्शन हुने र हेटौँडामा पहिलो पटक नेपाल झाक्री संघको महिला झाक्रीहरुको समेत बिशेष प्रस्तुत रहने महोत्सबको संयोजक आत्माराम मोक्तानले बताए । महोत्सब अन्तर्गत पहिलो दिन युवा घेदुङको संयोजनमा बिहान ११ बजे देखि तामाङ सेलो नृत्य प्रतियोगिता र साँझ लामाद्वारा पुजापाठ र प्रवचन गरि दिपावली हुने आयोजकले जनाएको छ । सोहि दिन साँझ सास्कृतिक घेदुङको संयोजनमा हेटौँडाको बुद्धचोकमा दिप प्रज्वलन हुनेछ ।
त्यस्तै, दोस्रो दिन नेपाल झाक्री संघको बिशेष सहभागितामा झाँकी, र्याली, सहित बागमती प्रदेशको उपसभामुख राधिका तामाङद्वारा महोत्सबको उदघाटन हुने समाजका महासचिब सुबास सिन्तानले बताए । महोत्सबमा बरिष्ठ सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार प्रकाश तामाङ, अविराम मोक्तान, अनराज मोक्तान, धिरेन तामाङ, सुजना रुम्बा, साम्तेन तामाङ, शेरब रुम्बा, लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने कला(सास्कृतिक कलाकार संयोजक सुरेश लामाले बताए ।
गत वर्ष देखि जिल्लाको गुम्बा, तामाङ गुठी, लगायतले संयुक्त रुपमा ल्होछार महोत्सब गर्दै आएको छ । यसवर्षको महोत्सबमा ६ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ वागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, ह्याङला तामाङ समाजका सल्लाहकार शुभरत्न गोले, ह्याङला तामाङ समाजका सस्थापक अध्यक्ष कालु घलान, र्याली ब्यबस्थापन तथा सेलो नृत्य प्रतियोगिता संयोजक सुनिल लोप्चन, आर्थिक संयोजक डोल्मा स्याङ्वो, साउण्ड सिस्टम तथा मंच ब्यबस्थापन संयोजक सविन मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।