माघे संक्रान्तीको महत्व

चन्द्रकुमारी व्यञ्जनकार
१ माघ २०७६, बुधबार ०८:१६

माघे संक्रान्तीको दिन सूर्य मकरमा जाने हुँदा मकर संक्रान्ती, माघ महिना भएकोले माघे संक्रान्ति पनि भनिन्छ, यस दिनदेखि सूर्य उत्तरतिर प्रवेश गर्ने भएकोले उत्तरायण भनिन्छ, माघ १ गते देखि दिन लामो हुने रात छोटिंदै जाने गर्छ । माघ १ गने पवित्र गंगा, चितवनको देवघाट, सुनसरीको बराहा क्षेत्र, नुवाकोटको देविघाट, ललितपुरको संखमुल आदि क्षेत्रमा स्नान गरी पुजाआाजा गरि दान धर्म गर्ने गर्छन ।

स्नान गरि घिउ चाकु, तरुल, तीलका लड्डु, चामल भुतेर बनाएको पिठोको झोलिलो परिकार, पालुंगो साग खाएर मनाउने गर्छन । यी खानेकुरा खाँदा चिसोमा न्यानो हुने शरिर स्वास्थ रहने धारणा रहेको छ,जसवाट रोगव्याधीवाट मुक्त हुने,दान धर्म गर्यो भने सद्गती प्राप्त हुन्छ भन्ने जन विश्वास रहेकोछ। माघे संक्रान्ती ठाउँ, जात अनुसार फरक फरक तरीकाले मनाउने आ आफ्नै परम्परा र विशेषता रहेको छ।
ललितपुरको एक नेवार समुदायले आ –आफ्नो खेतवारीमा लगाएको पालुंगोको साग माघ १ गते देवीदेवताकोमा फुलको रुपमा चढाउने गर्छ ।

पालुंगो साग काठमाडौं उपत्यकामा साथै नारयणघाट लगयत अन्य ठाउसम्म बिक्री गर्न व्यापारीहरुले खरिद गरेर लानुहुन्थ्यो । पालुंगो साग बिक्री गर्न बिशेष गरेर ४ र ५ दिन चिसो महिनामा खेतमा काम गर्नु पर्थ्यो यसरी चिसो महिनामा अर्थात पौष महिनाको अन्तिम दिन सम्म खेतमा तरकारीको काम गरेर चिसो लागेको हुन्छ ।

माघ १ गते दिन घर सरसफाई गरेर, नुहाएर मठमन्दिर जाने घरमा घिउ चाकु, तीको लड्डु, तरुल भुतेको चामलको पीठोको झोल (क्वाटी ) अर्थात तातो सूप र मासको दाल राखेर पकाएको खिचडी खाने, मामाघरमा जाने मामाले भान्जा भान्जीको तालुमा तेल लगाउने घिउ चाकु खुवाउने घाममा तेल लगाई दिने र लगाउँदा चिसो हराउँछ भन्ने विश्वास छ यदि मामा नभएका वा मामा ताढा भएर भेट नहुने भयो भने आमाले नै छोराछोरीको तालुमा तेल लगाइदिने घिउ चाकु, तरुल,मासको दाल राखेर पकाएको खिचडी खुवाउने खाने चलन छ । त्यसैले नेवारी भाषामा घ्यो चाकु सल्हुँ घिउ चाकु संक्रान्ती पनि भनिन्छ ।

पालुंगोको साग ललितपुरका एक समुदायले मात्र उत्पादन गर्थे, त्यहाँ उत्पादन भएका नै उपत्यका र देशका अन्य भागमा बिक्रीको लागि व्यापारीले लाने हो । जुन सागको विउ उमार्ने देखि लिएर लगाउने सम्म धेरै मिहिनत गर्नु पर्ने र अन्य समुदायले त्यसको खेती नगर्ने भएर थाहा थिएन ।

माघ १ गतेको लागि यो साग नभई नहुने जस्तै हो त्यसैले यस्को विउ उमार्ने तरिका, खेतको तयारी,विउ छर्ने तरिका आदि सिक्नको लागि अन्य ठाउँका तरकारी उत्पादक किशानले त्यस ठाउँको किसान संगसंगै काम गरेर सिके अर्को सालको लागि विउ किन्न निश्चित गरे विना ज्याला निसुल्क काम गरेर सिके,विउ किने पुनर्ताजगी तालिम जस्तै पहिला ललितपुरमा सम्बन्धित किशानसंग काम गरे अनि आफ्नो खेतवारीमा पालुंगो साग लगाए अहिले सबैतिर उपलव्ध छ । लेखक बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका आठौं तहका अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*