‘छपाक’ बाट प्रभावित बन्याे उत्तराखण्ड सरकार, एसिड पीडितलाई पेन्सनकाे घाेषणा

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:५६

अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ १० जनवरीबाट प्रदर्शनमा आएको छ। जवाहरलाल नेहरू विश्वविद्यालय ९जेएनयू० मा भएको हिंसात्मक आक्रमणविरूद्ध दीपिकाले ऐक्यवद्धता जनाएपछि केही ठाउँमा ‘छपाक’ को पनि विरोध भएको छ।

तर तेजाब पीडित महिलाको जीवनमा आधारित फिल्मबाट भारतकै उत्तराखण्ड राज्य सरकार भने प्रभावित बनेको छ।

उत्तराखण्ड सरकारले तेजाब पीडित महिलालाई पेन्सन दिने घोषणा गरेको छ। उत्तराखण्ड राज्यकी महिला एवं बालविकासमन्त्री रेखा आर्यका अनुसार त्यसका लागि
संसदबाट प्रस्ताव पारित गराइने छ। जसबाट पीडितलाई प्रतिमहिना ५÷६ हजार रुपैयाँ दिइनेछ। उत्तराखण्डमा ११ जना तेजाब हमला पीडित रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*