चिनियाँ रेल संचालन गर्न नेपालीलाई तालिम

जनपत्र
२६ पुष २०७६, शनिबार ०६:३३

नेपाल–चीनबीच रेल संचालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बन्धमा चीनको प्राचिन राजधानी शहर सिआनमा सम्झौता भएको छ । सम्झौता अनुसार, यो बर्ष दशजना नेपाली विद्यार्थीलाई रेल संचालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ ।

चीनको सिआन सहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमा देवी आचार्य र सिआन सेल्वे कलेजका तर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतासँगै बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ । सिआन रेल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल संचालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ । (अन्नपूर्ण पोष्ट दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*