उत्तर प्रदेशका ‘फेक मन्त्री’ १० दिनको मस्तीपछि प्रहरी नियन्त्रणमा

जनपत्र
२५ पुष २०७६, शुक्रबार ०८:००

मानिसहरुले पनि आफूलाई के के गरेर ठगी गर्न सक्छन् रु अब यो प्रश्नको उत्तर झन् जटिल बनेको छ जब भारतमा एक व्यक्तिले आफूलाई उत्तर प्रदेशका मन्त्री भनेरै गोवामा सबै सरकारी सेवा उपभोग मात्र गरेनन्, वरपर गार्ड पनि राखेर हिँड्न सके ।
बिहिबार पक्राउ गरेका ती व्यक्तिले आफूसँग गोवामा चार जना सहयोगी पनि लिएर गएका थिए । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले प्रहरीलाई खबर गरेपछि उनी गिरफ्तारीमा परेका हुन् । मंगलबार गिरफ्तार हुनुभन्दा पहिले १२ दिनसम्म उनी त्यहाँको सरकारी अतिथि गृहमा बसेका थिए । कतिसम्म भने उनले मुख्यमन्त्रीलाई भेट्ने समयसमेत मागेका थिए । अनि आफूलाई उत्तर प्रदेशका सहकारिता मन्त्री बताएका थिए । उनको सुरक्षामा गोवाकै प्रहरी पनि खटिएको छ ।

यी व्यक्तिले गोवाका सहकारिता मन्त्री गोविन्द गावडेलाई गत साता नै भेटिसकेका रहेछन् । उनीहरुले विभिन्न मुद्दामा पनि चर्चा गरेको समाचार अहिले भारतीय मिडियामा आएको छ । यहीबीच उनले गोवाको एउटा स्कुलमा मुख्य अतिथि भएर कार्यक्रममा सहभागिता पनि जनाए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*